Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

चुनाव हुन नदिने चलखेल भइरहेको छ: उपमहासचिव विष्णु रिमाल

  ५ वर्ष अघि | ५ चैत्र २०७८, शनिबार
न्युज काभ्रे संवाददाता

काभ्रे ।नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आगामी चुनावका सन्दर्भमा अनेक तगारो तेर्स्याइएको टिप्पणी गर्नुभएको छ । भक्तपुरमा 
इम्प्रेसन नेपालको नवौं राष्ट्रिय  अधिबेशनलाई  सम्बोधन गर्दै उहाँले निर्वाचन आयोगले आफ्नो अनुकुलमा आचारसंहिता बनाएको  बताउनुभयो । यस्तै आर्थिक कारण देखाएर पनि निर्वाचन हुन नदिने खेल हुन सक्ने उहाको आशंका छ । उहाँले नेपालमा दुई विचारधारको लडाइ भइरहेको समेत दाबी गर्नुभयो। माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले नेपालमा दुई दल स्थापित गर्न चलखेल गरिरहेको बताएको तर्फ सङ्केत गर्दै वास्तविकता पनि त्यही हुन लागिरहेको उपमहासचिव रिमालले बताउनुभयो । नेकपा एमालेले समृद्धिको नेतृत्व गर्ने र काङ्ग्रेस लगायतका अन्य पार्टिले दक्षिणपन्थी, प्रतिगामीको नेतृत्व गर्ने उहाँको भनाइ छ । देशभरि नै एमाले प्रती आकर्षण बढेको उहाँको तर्क छ । नेपाली काङ्ग्रेस भारतिय काङ्ग्रेस जस्तो हुनी बिस्लेसन हुन थालेको उहाँको भनाइ छ ।

  • न्युज काभ्रे संवाददाता

थप