Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

नेपाली काङ्ग्रेस बनेपामा मेयर बन्ने को लाइन

  ५ वर्ष अघि | ७ चैत्र २०७८, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे । आउदो बैशाख ३० गते हुने भनिएको स्थानीय निकायको चुनावमा नेपाली काङ्ग्रेस बनेपा बाट मेयरका आकांक्षी हरु धेरै जना देखिएका छन्।

आफुलाई बनेपा काङ्ग्रेस को मेयरको पहिलो उम्मेदवार मानिनु पर्ने भदै नेपाली काङ्ग्रेस बनेपाका नेता कृष्ण गोपाल भैल यतिबेला चुनावी दौडानमा होमिएको स्रोत को दावि छ। आफुलाई क्रान्तिकारी काङ्ग्रेस भनेर जिल्लामा राम्रो छाप बनाएका नेता भैल पुर्व काङ्ग्रेस जिल्ला कोषाध्यक्ष समेत हुनुहुन्छ ।

मेयरको दावि गर्नेमा काङ्ग्रेस क्षेत्र नं २ प्रदेश" ख" का सभापति रामहरि श्रेष्ठ पनि भएको स्रोत को भनाइ छ।

नेपाली काङ्ग्रेस बनेपामा योगेन्द्र नाथ कर्मचार्यको पनि पहिले देखि नै राम्रो भुमिका रहेको उहाँ पुर्व जिल्ला सदस्य हुनुहुन्छ ।उहाँ यातायात व्यवसायी केन्द्रीय अध्यक्ष समेत भइसक्नु भएको व्यक्ति हुनुहुन्छ ।

अहिले नेपाली काङ्ग्रेस बनेपाको बलियो मेयर पदको लागि उम्मेदवार दिने तरखरमा प्रतिनिधि २ का क्षेत्रिय सदस्य पुर्व नगर उपसभापति शान्ति रत्न शाक्य पनि भएको स्रोतको दावि छ।

शान्ति रत्न शाक्य कञ्चन चन्द वादेका विशेष व्यक्ति रहेको र वादेले शाक्यलाई मेयरको उम्मेदवार बनाएर विजयी गराउने तरखरमा रहेको स्रोतको दावी छ।


 नेपाली काङ्ग्रेस बनेपाका नेताहरुले व्यवसायी तथा नव काङ्ग्रेस प्रवेशी सुर कृष्ण वैध पनि मेयर बन्न काङ्ग्रेस प्रवेश गरेको र अवसरको खोजीमा काङ्ग्रेस प्रवेश गरेको आरोप लगाएका छन।

 सुर कृष्ण वैध बालकृष्ण खाडका विषेश व्यक्ति रहेको र बालकृष्ण खाडले बैधलाई मेयरको उम्मेदवार  बनाउन सक्ने काङ्ग्रेस नेताहरुको भनाइ छ।

उहाँ उद्योग बाणिज्य संघ को केन्द्रीय सदस्य पनि हुनुहुन्छ उहाँ समाजसेवी व्यक्ति भएकोले उम्मेदवार बने जित्ने पक्का रहेको पनि बुझ्न सकिन्छ ।

महेश कुमार कर्मचार्य पनि मेयरको लागि लड्न सक्ने र सबै जनाको किचलोमा मेयरको उम्मेदवार बन्न सक्ने स्रोत को भनाइ छ। उहाँ नवनिर्वाचित बनेपा नगर सभापति हुनुहुन्छ उहाँ शिव हुमगाई निकट भएको काङ्ग्रेस नेताहरुको भनाइ छ।

  • न्युज काभ्रे संवाददाता

थप