Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

केपि शर्मा पत्नी राधिकाको "करुणा " धुलिखेलमा विमर्श

  १ वर्ष अघि | २१ बैशाख २०८२, आइतवार
न्युज काभ्रे

धुलिखेल /केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को विमर्श धुलिखेलबाट शुरु गरिएको छ । राधिका शाक्यको अनुभव र यथार्थतामा आधारित संग्रहित पुस्तकले नेपाली समाजका आमा, छोरी र बुहारीसहित हरेक नेपालीको जीवन, संघर्ष र करुणाको स्पष्ट चित्रण गरेको छ । नारीहरुको जीवनको भोगाई मात्र नभई लैंगिक दृष्टिकोणबाट नेपाली समाजको दुःख, चुनौती, सङघर्ष एवं सफलता समेटिएको उक्त पुस्तकमा जीवन, संघर्ष, राजनीति, शासन, सफलता, असफलता र मानवता लगायतका विविध पक्षबारे लेखिएको छ ।

पाणिनि बुक्सद्वारा धुलिखेल लज रिसोर्टमा आयोजित कार्यक्रममा पुस्तकका बारेमा नविल बैकका कामु सिईओ मनोज ज्ञवाली र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले समिक्षा टिप्पणी गर्नु भएको छ । टिप्पणी पछि लेखक राधिका शाक्यले अनुभूति प्रस्तुत गर्नु भयो ।

नेपाली राजनीतिको वर्तमान सन्दर्भमा आम नेतृत्वलाई सच्चा र इमान्दार राजनीति गर्न, नेपाल र आम नेपालीको सेवामा लाग्न प्रेरित मात्र गर्दैन कि गम्भीर भएर नेपाल र नेपालीको बारेमा चिन्तन गर्न एवं त्याग र वलिदानपूर्ण राजनीतिलाई स्थापित गर्न मार्गदर्शन दिएको छ ।

राधिका शाक्यको जीवन दर्शन, जीवन संघर्ष र करुणा एवं केपी ओलीको जस्तो त्याग, बलिदान गर्न तत्पर नेतृत्वको तयार गर्ने मार्गदर्शक आधार करुणा रहेको टिप्पणीकारहरूले टिप्पणी गरेका छन् । कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जुले कवितामार्फत करुणाको व्याख्या गर्नु भएको थियो ।

  • न्युज काभ्रे

थप