Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

अन्तराष्ट्रिय रेफ्री ढकाललाई पनौतीमा सम्मान

  ४ वर्ष अघि | ९ बैशाख २०७९, शुक्रबार
न्युज काभ्रे संवाददाता

काभ्रे । राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा खेलकुद मार्फत आफ्नो नाम कमाएका काभ्रेली तेक्वान्दो रेफ्री दिपेन्द्र ढकाललाई पनौती नगरपालिकाले शुक्रबार सम्मान गरिएको छ । काभ्रेको पनौती नगरपालिका वडा नं ३ कुशादेबी निवासी ढकाल लामो समय देखि खेलकुद क्षेत्र तेक्वान्दोको रेफ्रीको रुपमा रहदै आएकाछन् । तेक्वान्दो रेफ्री दीपेन्द्र ढकाल ‘रोयल स्पेनिस इन्टरनेसनल ओपन तेक्वान्दो प्रतियोगिता २०२२’ मा विश्वकै उत्कृष्ट निर्णायक रेफ्री भएका थिए ।

चैत १८ देखि २० गतेसम्म स्पेनको एलिकान्टेमा भएको विश्व वरीयता जीटू तेक्वान्दो च्याम्पियनसिपमा ढकाल वेस्ट रेफ्री बन्न सफल भएका थिए । प्रतिस्पर्धामा सहभागी विभिन्न महादेशका रेफ्रीहरूलाई उछिनेर नेपाली रेफ्री ढकाल प्रथम बन्न सफल भएको भन्दै गृह जिल्ला पनौती नगरपालिकामा उहाँलाई सम्मान गरिएको नगरपालिका मेयर भिम न्यौपानेले बताए । पनौती नगरपालिका वडा नं ३ कुशादेवीमा जन्मेर नगरपालिकाको नाम देश बिदेशमा फैलाउन सफल र खेलकुद क्षेत्रमा पु¥याउनु भएको योगदानलाई कदर गर्दै नगरपालिकाले आज शुक्रबार सम्मान गरिएको मेयर न्यौपानेले बताए । 

जुन मैदान बाट तेक्वान्दो खेलमा प्रवेश गरेको थिए आज त्यही मैदानमा आदरणीय ब्याक्तित्व मेयर भिम न्यौपाने लगायतको हातबाट सम्मानित हुन पाँउदा आफुलाई थप खेलक्षेत्रको लागि खुशी मिलेको रेफ्री ढकालले बताए । रेफ्री ढकाललाई पनौती नगरपालिका नगर प्रमुख भिम न्यौपाने, उप प्रमुख गिता बन्जारा, प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, वडा नं १० का अध्यक्ष मोहन भण्डारी, बरिष्ठ प्रशासकिय अधिकृत इन्द्रप्रसाद अधिकारी लगाएतले रेफ्री ढकाललाई खादा टिका र सम्मान पत्र द्धारा सम्मान गरिएको थियो ।

  • न्युज काभ्रे संवाददाता

थप