काभ्रे । मेरुदण्ड पक्षघात र विभिन्न अपाङ्गगता भएका व्यक्तिहरूलाई लक्षित गरि उनिहरुको सुरक्षाका लागि महेश्वर थापाको नेतृत्वमा मेरुदण्ड पक्षघात संघ जिल्ला प्रशासन कार्यलय काभ्रेमा दर्ता भएको छ।
जिल्ला प्रशासन कार्यलय काभ्रे प्रमुख हुमकला पाण्डेले पक्षघात र मेरुदण्ड अपांगता भएका व्यक्तिहरूलाई सहज रुपमा संस्था दर्ता गर्ने सहयोग गरि आवश्यकता अनुसार सीप दक्षता , योग्यता को आधारमा रोजगारी को लागि पहल गर्ने बताउनुभएको छ।
नेपाल सरकार मार्फत मेरूदण्ड पक्षघात अर्थात अपांगता भएका व्यक्तिहरुलाई हरेक किसिमका
सरकारी अवसरहरु, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, संचार, रोजगार तथा यातायातमा सुविधा सहज ढङ्गबाट प्रधान गरिनुपर्ने भनिएको छ।
अपाङ्ग व्यक्तिहरूलाई प्राथमिकताका साथ विशेष राहतको व्यवस्था गरी उनीहरुको पहिचान र जीवन सुरक्षाको लागी पहल गर्ने । काभ्रे जिल्ला भित्र रहेका, अध्यारो कोठामा थुनिएर बस्न बाध्य मेरुदण्ड पक्षघात भएका व्यक्तिहरुलाई ढाडस दिने उद्देश्यले यो संघ दर्ता गरिएको संस्थाका अध्यक्ष महेश्वर थापाले जानकारी दिनुभयो ।
अब हामी मेरुदण्ड ,पक्षघात र विभिन्न जटिल अपांग व्यक्तिहरुको तथ्यांक संकलन गरि अपांगता भएका व्यक्तिहरुको रूची, योग्यता, क्षमता अनुसारको रोजगार तथा व्यवसायिक क्षेत्रमा
अग्रसर गराउन, संयुक्त आवास क्षेत्र सहितको व्यवस्था गर्ने हेतूले
जिल्ला प्रशासन कार्यालय धुलिखेलमा यो संस्था ( मेरूदण्ड पक्षघात संघ, काभ्रे नेपाल) वैधानिक रूपमा
दर्ता भएको छ ।
जो विभिन्न कारणबाट मेरुदण्ड पक्षघात भई अपांगता भएका व्यक्तिहरु रहेका छन्।
संस्थामा नौं जना तदर्थ समितिका पदाधिकारीहरु रहेका छन्
श्री महेश्वर थापा – अध्यक्ष
श्री सरिता कोइराला – उपाध्यक्ष
श्री कल्पना विष्ट – सचिव
श्री सुदिप श्रेष्ठ – कोषाध्यक्ष
सदस्यहरु
श्री ललिता मैनाली
श्री राम बहादुर तामाङ्ग
श्री सुनिल विष्ट
श्री संगिता माझि
श्री सविन थापा
- न्युज काभ्रे संवाददाता