Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ को आयोजनामा प्रथम बास्केटबल प्रतियोगिता बनेपामा सम्पन्न

  ४ वर्ष अघि | ५ भदौ २०७९, आइतवार
न्युज काभ्रे संवाददाता

काभ्रे । नेपाल स्पाइनल कर्ड इन्जरी खेलकुद संघ को आयोजना र बनेपा नगरपालिकाको आर्थिक सहयोगमा प्रथम बास्केटबल प्रतियोगिता सम्पन्न भएको  छ।

प्रथम बनेपा व्हिलाचियर बास्केटबल प्रतियोगिता २०७९ मा पुरुष तर्फ टिम एल्लो प्रथम र टिम व्हाइट दितिय र टिम रेड तृतीय हुन सफल भएका छन् भने महिला तर्फ टिम ग्रीन प्रथम र टिम एल्लो दितिय भएका छन्। 

कार्यक्रममा प्रमुख अतिथि बनेपा नगरपालिका का उपमेयर  बिमला सापकोटा दाहाल, बिशेष अतिथि , जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष मानबिर तामाङ , लायन्स क्लब  अफ धुलिखेल का प्रेसिडेण्ट जिबन माकाजु श्रेष्ठ, लायन्स क्लब अफ काभ्रे बनेपा सिटि का प्रेसिडेण्ट पदम सुन्दर श्रेष्ठ, ज्ञानकुन्ज पाठशाला प्रतिष्ठान का कार्यकारी निर्देशक प्रताप बैद्य, स्पाइनल इन्जरी पुनस्थापना केन्द्रका सोसल डिपार्ट प्रमुख सुरेश पौडेल लगायत कार्यक्रममा हुनुहुन्थ्यो।

कार्यक्रममा मेडिकल सपोर्ट बनेपा हेल्थ केयरले गरेको थियो ।  

अतिथिमा मेरुदण्ड पक्षघात संघ काभ्रे का अध्यक्ष महेश्वर थापा, बनेपा नगरपालिका का महिला बिकास अधिकृत बिजया सुबेदी, रोटरी कल्ब अफ काभ्रे भ्यालीका प्रेसिडेण्ट अनुप श्रेष्ठ, बुडोल ऋण तथा सहकारी संस्था लिमिटेडका सचिब जयबिर थापा, ज्ञानकुञ्ज पाठशाला प्रतिष्ठान का भ्वाइस प्रीन्सिपल रत्नराज खतिवडा ज्यू लगायत हुनुहुन्थ्यो। 

कार्यक्रम बिहान १० बजे सुरु भइ दिउसो ३:३० सम्म सम्पन्न  भएको थियो। त्यस्तै समापन कार्यक्रम मा बिजेता टिमलाई मेडल सर्टिफिकेट र नगद पुरुस्कार प्रदान गर्न  बिशेष अतिथि लायन्स कल्ब अफ धुलिखेल का पूर्व प्रेसिडेण्ट तथा नेपाल भुटान रोटरी क्लब व्हिलाचियर ड्रिष्टिब्युसन कमिटिका चियर पर्सन श्री अशोक कुमार श्रेष्ठ, ज्ञानकुन्ज पाठशाला प्रतिष्ठान का भ्वाइस प्रिन्सीपल रत्नराज खतिवडा र नेपाल स्पाइनल कार्ड इन्जरी खेलकुद संघ का अध्यक्ष देबी आचार्य ज्यू लगायतले गर्नु भएको थियो। 

  • न्युज काभ्रे संवाददाता

थप