Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

म्यादी प्रहरी छनौटका लागि काभ्रेमा आज लिखित परीक्षा सम्पन्न

  ५ वर्ष अघि | १८ चैत्र २०७८, शुक्रबार
न्युज काभ्रे संवाददाता

काभ्रे  : स्थानीय तहको निर्वाचनको लागि सरकारले माग गरेको म्यादी प्रहरीको लागि काभ्रेमा आज लिखित परीक्षा सम्पन्न भएको छ । म्यादी प्रहरी छनौटका लागि काभ्रेमा चैत्र १५ गतेदेखि १७ गतेसम्म वियरिङ परीक्षण , शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण परीक्षा सञ्चालन गरिएको थियो ।

उक्त परीक्षामा उत्तीर्ण भएकाहरुको आज लिखित परीक्षा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार आज धुलिखेल स्थित धुलिखेल फुटबल ग्राउण्डमा जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकका पदाधिकारीहरुको उपस्थितिमा परीक्षा लिखित सम्पन्न भएको हो ।

सरकारले स्थानीय तहको निर्वाचन २०७९ को लागि  चैत्र ६ गतेदेखि ११ गते म्यादी प्रहरी भर्ना आवेदन कार्य सुरु भएको थियो ।  निर्वाचनका लागि काभ्रेमा १६ सय ११  जना म्यादी प्रहरी माग गरेको छ । जसका लागि काभ्रेमा ८ सय ३४ जना महिला र २३ सय ३९ जना पुरुष गरी ३१ सय ७३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

  • न्युज काभ्रे संवाददाता

थप