काभ्रे । नगरपालिका वडा नं ३ मा चुनावी प्रचारप्रसार मा सर्वसाधारण हरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा ९७ बर्षको धनेश्वर बजगाईको हातबाट आशिष लिदै रत्नकुश रन्जितकारलाई जितको अग्रिम शुभकामना दिनुभयो । सबै वडाको महोल हेर्दा नेकपा एमाले ले सजिलै जित हासिल गर्ने निश्चित जस्तै भइसकेको छ।
कार्यक्रममा उप मेयर विमला सापकोटा दाहाल लगायतका सदस्य हरुलाई पनि आशिष दिनुभएको थियोे ।
रत्नकुश रञ्जित बनेपामा युवाका आइडल मात्रै हैनन् कुनै पनि पदमा अहिलेसम्म हार्न नजानेका व्यक्ति हुन् । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरको उम्मेदवारी दिएका रञ्जित आफैमा एउटा ब्रान्ड हुन् । जसले समृद्ध बनेपाको सपनालाई पुरा गराउने एजेण्डा बोकेका छन् ।
स्थानीय तहको निर्वाचन २०७४ बाहेक अरू सबै निर्वाचनमा नेपाली काँग्रेसले विजयी हासिल गर्दै आएको बनेपामा यस पटक रत्नकुशको उम्मेदवारीले पुनः बनेपामा एमालेको झण्डा फरफराउने निश्चित प्राय नै छ ।
विरासत जोगाउन नेकपा एमालेले बनेपाका युवा व्यवसायी, समाजसेवी र शिक्षा क्षेत्रमा समेत सक्रिय व्यक्तित्व रत्नकुश रञ्जितलाई उम्मेदवार बनाएपछि कहिल्यै हार्न नजानेका रंजितकार जितको उन्मुख छन् ।
उम्मेदवार दर्ता गरे सँगै मतदाताको घर दैलो अभियानमा पुगेका उनलाई सबै उमेर समूहका मतदाताले निक्कै रुचाएका छन् । धेरै भन्छन् अरूलाई सहयोग गर्ने समाजसेवी रञ्जितले भ्रष्ट्राचार गर्दैन । सबैलाई समान व्यवहार गर्न रुचाउँछ ।
रत्नकुशलाई युवा देखि ज्येष्ठ नागरिकसम्मले शुभकामना सहितको आर्शिवाद दिएका छन् । सबैसँग मिलनसार बनेपाको समृद्धिको सपना उनीबाट मात्रै संभ्भव भएको मतदाताको बुझाई छ । साबिकका गाविस र नगरपालिका बिचको एकीकरणका कारण एमाले बलियो छ । त्यसमाथि युवा मेयरको रुपमा रत्नकुश पाएसँगै मतदान गर्न पाउने दिनको व्यग्र प्रतीक्षामा बनेपामा आम मतदाता छन् । उनीहरू भन्छन् रत्नकुशलाई हार्ने छुट छैन ।
- न्युज काभ्रे संवाददाता