काभ्रे । मंगलटार उपशाखा रहेको नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको रक्तदान कार्यक्रमा आज ४३ जनाले रक्तदान गरेका छन्।
रक्तदान कार्यक्रममा महिला ५ जना प्रहरी ९ जना गरि ४३ जनाले रक्तदान गरेका हुन।
रक्तदान कार्यक्रममा रोशि गाउपालिका प्रमुख दिनेश लामा स्वयं उपस्थित भइ रक्तदान गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा का लागि मंगलटारमा रहेको शुभ मंगलम बहुउद्देश्यीय कृषि पशुपंक्षि फर्म तथा अनुसन्धान केन्द्रले रु दश हजार र स्थानीय जगन्नाथ पौडेलले रु पाच हजार रक्तदान कार्यक्रममा सहयोग गरेका थिए।
कार्यक्रमका मुख्य आयोजक सामाजिक अभियान्ता कृष्ण मुरारी बडालको सक्रियतामा रक्तदान कार्यक्रम सफल भएको रेडक्रस सोसाइटीका शाखा सभापति दामोदर श्रेष्ठले बताउनुभयो ।
रक्तदान कार्यक्रमलाई समन्वय ईप्रका मंगलटारले गरेको हो । सहकार्य र समन्वय गरि रक्तदान गरेर रगत अभाव हुन नदिन र रगतको कमि बाट मान्छेहरुले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर रक्तदान कार्यक्रममा समन्वय गरेको ईप्रका मगंलटार प्रमुख हरि बस्नेतले बताउनुभयो ।
रक्तदान कार्यक्रममा प्राविधिक सहयोग जिल्ला रेडक्रस सोसाइटी काभ्रेले गरेको थियो ।
रक्तदान गर्दा शरिर स्वास्थ्य रहने र रक्तदान गर्दा रगतको कमि नहुने र अत्यावश्यक रगतको आवश्यक परेका व्यक्तिलाई रगत दिनको लागि सुलभ हुने रेडक्रस सोसाइटी मंगलटारका शाखा सभापति दामोदर श्रेष्ठले बताउनुभयो ।
- न्युज काभ्रे संवाददाता