Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

सिफारिस नाम बाटैमा ‘कोल्याप्स’, पनौती काग्रेंसमा रुवाबासी

  ४ वर्ष अघि | १० बैशाख २०७९, शनिबार
न्युज काभ्रे संवाददाता

पनौती । काभ्रेको पनौती नगरपालिकाका नगर कमिटीले काग्रेंसबाट नगरमा उठ्न चाहने मेयर उपमेयरका आकाक्षीको नाम  सिफारिस गरेर पठाए पनि उक्त नामहरू बाटैमा फेरिएको तथ्य खुलेको छ । अकाक्षीहरुको नाम बाटैमा हटाएर नयाँ नाम टिकटका लागि सिफारिस भएको तथ्य खुलेसँगै यत्तिखेर पनौती काग्रेंस विक्षिप्त छ । आकाङ्क्षी देखिएका र बैठकले सिफारिस गरेका कुनै पनि व्यक्तिले टिकट नपाउने पक्का पक्की भएसँगै पनौती काग्रेंसमा चुनाव हराउन पार्टीकै नेता लागेको आरोप लाग्न थालेको  छ । नगर भेलाबाट मेयर र उपमेयरका आकाक्षीहरुलाई सिफारिस गरेर पठाइए पनि काँग्रेसले तलबाट पठाइएका कुनै पनि नामावलीलाई टिकट नदिने भएसँगै सबै आकाक्षीहरु नेताको विरुद्ध एक भएका छन् । 

काग्रेंसका केन्द्रीय प्रभावशाली नेता शिव हुमागाईँको बलमा नगरबाटै नाम कटाइए पछि पनौती नगरमा मेयरका आकाङ्क्षीहरू भेला भएर नगर कमिटीले पठाएका नामबाटै टिकट नआए  परिणाम जे पनि आउने र त्यसको जिम्मेवार पार्टी हुनु पर्ने चेतावनी दिन थालेका छन् । मेयर पदका आकाङ्क्षीहरू  भोला थापा
,राजेन्द्र पसछे, धन बहादुर जगम,महेश पौडेल, बिजयराम कर्माचार्य,दिनेश हुमागाईँ,प्रल्हाद के.सी, प्रदीप बोगटी,अर्जुन बञ्जारा,सुमेश थापा,राघब सिध्वापान र उपमेयरका आकाक्षीहरु राजेश कुमार श्रेष्ठ,सुमित्रा आचार्य बञ्जारा, आरती सापकोटा, अनिता बस्नेतले जिल्ला काग्रेंसलाई आफूहरूको कुरा सुन्न र आफूहरू मध्ये नै टिकट दिलाउन नेताहरुलाइ ध्यानाकर्षण गराएको हो । 
उनीहरुले नेपाली काँग्रेस जिल्ला कार्य समितिलाई पत्र लेख्दै आकाङ्क्षीहरूको नामावली समावेश गरी पाउँ भनी निवेदन दिएका हुन् । प्रस्तुत विषयमा नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले आसन्न स्थानीय निर्वाचनका लागी मेयर उपमेयरका आकाङ्क्षी उमदवारहरुको नामावली सिफारिस गर्न गरेको अनुरोध अनुसार पनौती नगर कार्य समितिका  सभापति पदाधिकारी र आकाक्षीहरु बीच पटक पटक भएका छलफलले पठाएका नाम हटाई अरुकै नाम मात्र पठाएकोले आफूहरू निराश भएको उल्लेख छ । 

  • न्युज काभ्रे संवाददाता

थप