Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी

  १ वर्ष अघि | २० साउन २०८२, सोमवार
न्युज काभ्रे

बनेपा-नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाले आफ्ना सदस्य, जिल्लामा क्रियाशील पत्रकार र तिनका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न बनेपा स्थित कम्युनिटी वेलनेस सेन्टर (सिडब्लुसी) पोलिक्लिनिकसँग समझदारी–पत्रमा हस्ताक्षर गरेको छ ।

सोमबार बनेपामा आयोजित कार्यक्रममा महासंघको तर्फबाट शाखा अध्यक्ष बिनोदकुमार न्यौपाने र पोलिक्लिकको तर्फबाट सञ्चालक शशीकुमार सुवालले समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी अनुसार पत्रकार र तिनका परिवारलाई प्रयोगशाला परीक्षणहरूमा ३० प्रतिशत छुट प्रदान गरिनेछ । इसिजी, एक्स–रे, अल्ट्रासाउण्ड लगायतका सेवामा १० प्रतिशत र औषधिमा १० देखि १८ प्रतिशतसम्म छुट दिइनेछ । नियमित स्वास्थ्य परीक्षण प्याकेजमा विशेष छुट व्यवस्था गरिएको समझदारीमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष बिनोदकुमार न्यौपानेले जिल्लाका सञ्चारकर्मी र तिनका परिवार लाभान्वित हुनेगरी समझदारी गरेकोमा पोलिक्लिनिकलाई आभार प्रकट गरे ।

पोलिक्लिनिक सञ्चालक शशीकुमार सुवालले समाजमा योगदान दिने सञ्चार क्षेत्रसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । पैसा अभावमा उपचारबाट वञ्चित हुने अवस्था आउन नदिने भन्दै उनले त्यस्ता व्यक्तिहरूको निःशुल्क उपचार प्रबन्ध गर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका सल्लाहकार मोतिराम तिमल्सिना, बद्रीराज तिमल्सिना, सचिव नगेन्द्र अधिकारी, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष केदार तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका कार्यसमिति सदस्य मोहनकृष्ण तिमल्सिना, विकास तिमल्सिना, सविता न्यौपानेलगायत जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उपस्थिति थियो ।

  • न्युज काभ्रे

थप