Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग

  १ वर्ष अघि | २२ साउन २०८२, बुधबार
न्युज काभ्रे

बनेपा/प्रेस चौतारी नेपाल काभ्रे शाखाले पत्रकारहरुको हकहितका लागि स्थापना गरेको अक्षय कोषका लागि संविधान सभा सदस्य एवं नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका पुर्व राज्य मन्त्री रेशम लामाले १ लाख १ हजार रुपैया सहयोग गरेका छन् ।

जन्म दिनको अवसर पारी लामाले प्रेस चौतारी काभ्रे शाखाको कार्यालय पुगी चौतारीका अध्यक्ष केदार तिमल्सिना सहितका पदाधिकारीहरुलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । केन्द्रिय सदस्य लामाले नागरिकहरुको अधिकारका लागि निरन्तर सक्रिय हुने पत्रकारहरुका लागि स्थापना गरिएको कोषमा सहभागिता हुन पाउँदा खुशी लागेको बताए । ‘ब्यवसायीक पत्रकारहरुको जीवनमा आई पर्ने विविध क्षेत्रमा खर्च गर्ने उदेश्यले स्थापना गरिएको कोषमा सहभागि हुने अवसर पाएँ’–लामाले भने–‘कोषको प्रगति र ब्यवसायीकतामा सफलताका लागि प्रेससँग सम्वद्ध सबैलाई शुभकामना छ ।’

  • न्युज काभ्रे

थप