Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

गाउँपालिका अध्यक्ष बन्न रोशिमा काङ्ग्रेसको लडाइँ

  ५ वर्ष अघि | २१ चैत्र २०७८, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे । नेपाली काङ्ग्रेस रोशि गाउँपालिकामा अध्यक्ष बन्न काङ्ग्रेस रोशि बाट धेरैले दावि गरेको देखिन्छ ।
बर्तमान रोशि गाउँपालिका अध्यक्ष डिवि लामाले रोशिमा धेरै विकास निर्माणका कार्यहरु सम्पादन गरिसक्नु भएको छ।
नेपाली काङ्ग्रेस बाट निर्वाचित भएपछि अध्यक्ष डिवि लामाले रोशि को मुहार फेर्ने काम गरेको रोशीका जनताले बताएका छन्।
रोशि गाउँपालिका गाउँपालिकामा बाटो , खानेपानी ,स्वास्थ चौकि ,शिक्षा लगायतका क्षेत्रमा धेरै परिवर्तन गरिसकेका छन् ।

रोशि गाउँपालिका लाई हरेक क्षेत्रबाट विकास गर्दै रोशि लाई समृद्धि को यात्रामा लगेको देख्न सकिन्छ ।
कार्यसम्पादन देखि हरेक कुरामा निकै नै पारदर्शी देखिएका डिवि लामाले फेरि पनि अध्यक्षको टिकट पाउने हो भने जित सुनिश्चित रहेको रोशि काङ्ग्रेस का नेताहरूले बताएका छन्।
कांग्रेसका नेताहरुको गढका रुपमा चिनिने रोशी गाँउपालिकालाई कसले हाक्छ हेर्न बाकिँ छ । तर, वर्तमान स्थितिमा भने गत निर्वाचनको जस्तो यस पालिकामा कांग्रेसको माहोल कम देखिन्छ । यस पालिकामा नेकपा एमालेले केहि समयमा नै मजबुत संगठन निर्माण गरेको छ । निर्वाचित वडाअध्यक्ष देखि विभिन्न पाटिका नेता कार्यकर्तानै यस पालिकामा एमालेप्रति आकर्षित देखिन्छन् । पछिल्लो समय रोशिमा एमाले प्रवेश गर्नेहरु पनि धैरे छन। अघिल्लो  निर्वाचनमा कांग्रेसका उम्मेदवारले जीत हाशिल गरेका यस पालिकाका अध्यक्ष लामालाई नै निर्वाचनमा उठाउँदा जीतको संभावना बढि हुने रोशीवासीले बताउने गरेका छन् ।
तर, पाटि भित्रमा भने क्षेत्रिय सभापति दिनेश लामाले टिकट ल्याउने स्थिति देखिन्छ । लामा टिकट दिने निकायमै रहेकाले आफुले चाहेको खण्डमा भने उनले टिकट ल्याउने छन् । तर, सहमतीमा भने कसलाई टिकट दिन्छन् भने भन्न सकिने स्थिति छैन । यस पालिका पाटिका जिल्ला अध्यक्ष तीर्थ लामा, केन्द्रिय सदस्य गणेश लामा र जिल्ला सचिव दिनेश लामाको हो । शङ्खबुद्धलामा सहमतिमा सर्वसम्मत भए अध्यक्षको उम्मेदवार बन्ने तरखरमा छन्। वर्तमान अध्यक्ष डि.बि. लामा, दिनेश लामा, चन्द्र लामा पनि अध्यक्षको लाइनमा देख्न सकिन्छ ।
चन्द्रलामा दिनेश लामाको सहयोग अथवा समर्थनको लागि उम्मेदवारी दिन लागेको काङ्ग्रेसी हरुको दावि छ।
रोशिमा केन्द्र देखिका नेताहरुको गढ छ यहाँ केन्द्रिय सदस्य गणेश लामा ,जिल्ला सभापति तिर्थ लामा ,जिल्ला सचिव गुणराज मोक्तान सविधानसभा सदस्य ललिता किङ्गरिंग ,पुर्व जिल्ला सचिव एवं महासमिति सदस्य शंख बुद्ध लामा ,महासमिति सदस्य सार्कीमान लामा ,प्रतिनिधि सभा क्षेत्र न १" ख" को सभापति चन्द्र बहादुर लामा
दुई दर्जन काङ्ग्रेस नेता कार्यकर्ता भएको यो पालिको चुनावमा काङ्ग्रेसको किचलो ले एमाले सजिलै जित्ने देख्न सकिन्छ ।

  • न्युज काभ्रे संवाददाता

थप