काभ्रे । जेनजी आन्दोलनले गठबन्धन सरकार ढलेपछि देश अहिले निर्वाचनमा होमिएको छ। देशभर चुनावी माहोल तातिरहेको बेला समानुपातिक सांसद हरु सिफारिस पछि प्रत्यक्ष निर्वाचन प्रतिनिधिसभाका लागि सिफारिस भइरहेको छ।
नेकपा एमालेले पनि देश भरबाट प्रतिनिधि सभाका लागि सासंदहरुको नाम क्षेत्रीय कमिटी मार्फत जिल्ला कमिटीमा पठाएको छ।
काभ्रेमा पनि क्षेत्र नं १ बाट ११ जनाको नाम सिफारिस गरेको छ। भने क्षेत्र नं २ बाट एकल सिफारिस गोकुल बास्कोटाको नाममा भएको हो। गोकुल बास्कोटाको नाममा बहुमत सदस्यहरुले सिफारिस गरेको हुनाले उहाँलाई हामीले क्षेत्र नं २ प्रतिनिधि सभाको निर्वाचनका लागि सिफारिस गरेका भनी नेकपा एमाले क्षेत्र नं २ संयोजक कृष्णप्रसाद दाहालले बताउनुभयो ।
- न्युज काभ्रे