काभ्रे ।राष्ट्रिय युवा संघ नेपाल काभ्रे जिल्ला कमिटिको छैठौ पुर्ण बैठक संघका अध्यक्ष ईश्वर वल्लभ सापकोटा को अध्यक्षता एवम नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राजन भुर्तेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। बैठकमा जन संगठन प्रमुख प्रकाश रोक्का, युवा संघ स्थ्यायी कमिटी सदस्य समुन्द्र तिमल्सिना, प्रदेश कमिटि सदस्य अनिस लामा लगायतको उपस्थिती रहेको थियो। बैठकले
NYFN फुटसल च्याम्पियनसीप को दोस्रो सस्करण पुषको पहिलो साता आयोजना गर्ने निर्णय गर्दै कमिटीका सचिव सि.बि लामाको सयोज्कत्वमा ९ सदस्यीय आयोजक उपसमिती निर्माण गरेको छ। साथै आवासिय प्रक्षिक्षण कार्यक्रम संचालनका निम्ति संघका सह-सचिव अमन धितालको सयोजकत्वमा ७ सदस्यीय उप-समिती गठन गरिएको छ।
-
info.newskavre.com