Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बजेट बनाउनुअघि नमोबुद्धमा योजना तर्जुमा गोष्ठी

  ४ वर्ष अघि | २ असार २०७९, बिहिबार
न्युज काभ्रे संवाददाता

भकुण्डेबेशी–आगामी आर्थिक बर्षको बजेट निर्माणअघि नमोबुद्ध नगरपालिकाले योजना तर्जुमाका विषयमा एक दिवसीय गोष्ठी सम्पन्न गरेको छ ।

नवनिर्वाचित जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख, वडा सचिव लगायतलाई बजेट निर्माणको प्रक्रिया लगायतका विषयमा जानकारी गराउने उद्देश्यले विज्ञहरुसहितको सहभागितामा गोष्ठी आयोजना गरिएको हो । आज बिहीबार सम्पन्न गोष्ठीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव गोपीकृष्ण खनाल र स्थानीय विकासका विज्ञ विष्णुदत्त गौतमले बजेट निर्माणका विविध विषयमा प्रस्तुति दिएका थिए ।
कार्यक्रममा सहसचिव खनालले नमोबुद्ध नगरपालिकाको सम्भावना र चुनौतीका विषयमा प्रस्तुति दिएका थिए । उनले नमोबुद्ध नगरका स्रोतहरु, समस्या र चुनौती तथा चालु आर्थिक बर्षभित्रै गनुैपर्ने कामहरुका विषयमा जानकारी दिएका थिए । खनालले जनताको आम्दानीमा वृद्धि गर्न सकेमात्र विकासको योजनाले मुर्तरुप पाउने भन्दै त्यसका लागि पनि महिलाको आयस्तर वृद्धिमा ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरे । भौगोलिक अवस्था, ऐतिहासिक सम्पदा, कृषियोग्य भूमि लगायतका साथै काठमाडौं नजिक भएकाले पनि नमोबुद्धको विकासका लागि प्रशस्त सम्भावना रहेको भन्दै उनले निर्वाहमुखी नभई उत्पादनमुखी कृषिमा जोड दिन आग्रह गरे । नगरमा एउटा औद्योगिक ग्राम बनाउन, नदिहरुमा करिडोर बनाउन, स्रोतहरुको व्यवस्थापन र संरक्षण गरेर खानेपानीको समस्या समाधान गर्न उनले जनप्रतिनिधिलाई सुझाव दिए । अहिलेदेखि नै योजनावद्धरुपमा अघि बढ्ने हो पाँच बर्षमा नमोबुद्ध नगरपालिकाको मुहार फेरिने खनालको भनाई थियो ।
कार्यक्रममा स्थानीय विकासका विज्ञ गौतमले स्थानीय तहको राजस्व अधिकार तथा अन्तरसरकारी वित्तीय हस्तान्तरणबारे जानकारी प्रदान गरेका थिए । सो क्रममा उनले स्थानीय तह, प्रदेश र संघीय सरकारले उठाउन पाउने कर, त्यसको बाँडफाँड र परिचालन लगायतका विषयमा जानकारी प्रदान गरेका थिए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका नगर प्रमुख कुनसाङ लामाले देखिनेखालका र प्रभावकारी हुने खालका योजना ल्याउन वडाअध्यक्षहरुलाई आग्रह गरे । सबै वडाको समग्रमा विकास भएमात्रै नगरको समग्र विकास हुने भन्दै उनले आफूहरुको कार्यकालको सुरुको बर्ष भएकाले यही बर्षदेखि नै नगरको विकासको दीर्घकालिन योजनाको खाका बनाएर अघि बढ्ने बताए । उनले उत्कृष्ट योजना ल्याएर समयमै काम सम्पन्न गर्ने वडालाई पुरस्कृत गर्ने घोषणा पनि कार्यक्रममा गरेका थिए ।
यस्तै नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले आगामी आर्थिक बर्षको बजेट निर्माणका लागि वडावडामा योजना निर्माणको काम सुरु भइसकेको भन्दै वडाबाट योजना आएपछि त्यसलाई प्राथमिकीकरण गर्दै कार्यान्वयनमा लैजाने बताए । सुरुको बर्षदेखि नै थिति बसाउन सके आगामी दिनमा आउने योजनाहरुलाई बस्तुनिष्ठ र पारदर्शी बनाउन सकिने भएकाले विज्ञहरुको उपस्थितिमा योजना तर्जुमासम्वन्धी गोष्ठी आयोजना गरिएको पौडेलले बताए । देशका अधिकांश स्थानीय तहजस्तै नमोबुद्ध नगरपालिकाले यही असार १० गते आगामी आर्थिक बर्ष २०७९÷८० का लागि बजेट ल्याउने तयारी गरिरहेको छ । नगरपालिकाका उपप्रमुख रत्न लामा, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुखहरु वडा सचिव लगायतका कर्मचारीको उपस्थितिमा भएको कार्यक्रम योजना अधिकृत विष्णु अधिकारीले सञ्चालन गरेका थिए

  • न्युज काभ्रे संवाददाता

थप