Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

नेकपा (एमाले) बेथानचोकको प्रतिबद्धता–पत्र

  ४ वर्ष अघि | २५ बैशाख २०७९, आइतवार
न्युज काभ्रे संवाददाता

नेकपा एमाले बेथानचोकको आव्हान, विकास, सम्बृद्धी र स्वाभिमान

स्थानीय निर्वाचन–२०७९
नेकपा (एमाले) बेथानचोक गाउँ कमिटीद्वारा प्रस्तुत गरिएको स्थानीय प्रतिबद्धता–पत्र

भूमिका 

बेथानचोक गाँउपालिका काभ्रेपलाञ्चोक जिल्लाको पश्चिम–दक्षिणमा अवस्थित छ । यस गाउँपालिकाको उत्तरमा पनौती र नमोबुद्ध नगरपालिका, दक्षिणमा खानीखोला गाउँपालिका, पुर्वमा रोशी गाउँपालिका र पश्चिममा ललितपुर जिल्लाको महांकाल गाउँपालिका रहेका छन् । समुन्द्री सतहबाट ३०१८ मिटर उचाइमा रहेको वेथानचोक नारायण मन्दिरको नामबाट नामाकरण गरिएको यो गाउँपालिका १०१ वर्ग कि.मि मा फैलिएको छ । राज्यको पुर्नसंरचना हँुदा साबिकका च्याम्राङवेसी, ढुंखर्क, चलाल गणेशस्थान, च्यासिङखर्क र माहांकाल भुग्देउ गाविसहरू एक आपसमा गाँभिएर ६ वटा वडामा बिभाजन गरी बेथानचोक गाँउपालिका बनेको छ । यस गाउँपालिकाको प्रशासनिक कार्यालय वडा नं २ ढुंखर्कमा रहेको छ ।

यो गाउँपालिका बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक बिबिधतायुक्त रहेको छ । यहाँको कुल जनसंख्या १६,७७७ र जनघनत्व १६६ प्रति वर्ग कि.मि.रहेको छ । २०७८ सालको जनगणना अनुसार ३,७३० घरधुरी र ३,९०० परिवार रहेका छन । यहाँका अधिकांस मानिसहरू कृषि कार्यमा संलग्न छन् । केही मानिसहरू रोजगारीको सिलसिलामा शहरी क्षेत्र र विदेशमा समेत रहेका छन । महाभारत पर्वत श्रृखलाको काखमा रहेको यो पालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यस पालिकाको उत्तर पश्चिमको माथिल्लो भागमा कोणधारी तथा वीचमा पतझर बनस्पतिका साथै बिभिन्न प्रकारका जडिबुटीहरू पाइन्छन् ।

बेथानचोक गाउँपालिकामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, समाजवदी लगायतका राजनितिक दलहरू क्रियाशिल रहेका छन । नेकपा एमाले यस पालिकाको एक सशक्त राजनितिक दल हो । नेकपा एमालेले पञ्चायत कालिन समयदेखि नै आफ्नो सशक्त उपस्थिति देखाउदै आएको छ । २०४८ सालको संसदिय निर्वाचनदेखि लिएर बिभिन्न समयमा भएका संसदिय निर्वाचन र २०४९, २०५४ र २०७४ को स्थानीय निर्वाचनमा समेत भाग लिएर जनताको विचमा लोकप्रिय मत प्राप्त गरिसकेको छ ।

बिभिन्न निर्वाचनमा जनताको विचमा गरेको प्रतिबद्वता अनुसार नेकपा एमाले वेथानचोकले संघिय र प्रदेश सरकारसँग समन्वय गरी बिभिन्न जनमुखि कार्य गरेकोछ । संघिय सरकार तथा संसद बिकास कोषमार्फत सडकतर्फ बनेपा–पनौती–कामीडाँडा–तालढुङ्गा सडक अन्र्तगत हाल बल्थली–कामीडाँडा खण्डमा सडक स्तरोन्नती हुँदैछ । चलाल गणेशस्थान ठुलो गाउँ, बागने खोला, अर्खाैले सडक स्तरोन्नती भएका छन् भने सोलाभञ्ज्याङ भालुछाप्रा सडकको ट्रयाक ओपन भएको छ ।

त्यसैगरी एक घर एक धारा कार्यक्रम अन्र्तगत बेथानचोक–२, श्रीचौर र वडा नं–३, बोल्देमा खानेपानी योजना सम्पन्न भएका छन । शिक्षातर्फ पार्वती कलेजको भवन निर्माण र सामुदायिक विद्यालयमा कम्प्युटर ल्यावको ब्यवस्था गरिएको छ । सबै मा.बि मा सोलार बत्ती जडान गरिएको र सरस्वती मा.वि., भुग्देउको भवन निर्माण कार्य सम्पन्न भएको छ । राष्ट्रपती शैक्षिक सुधार कार्यक्रम अन्र्तगत आत्मबिकास मा.वि., भिमसेनस्थान मा.वि, सरस्वती मा.वि, भुग्देउ र सरस्वती मा.वि., पार्थलीको भवन निर्माण भएको छ । वडा नं १ मा टेलिफोन टावरको निर्माण कार्य सम्पन्न गरिएको छ । महाभारत पद मार्ग, सिढि निर्माण र सितल निवास निर्माण कार्य भएका छन ।

प्रदेश सरकारसँग समन्वय गरी कलङसिं फुर्केथली सालधारा सडक, ताङग्रेमाराङ गौतम टोल, मिल्चे सडक, मौवाडाँडा गोठेडाँडा फुर्केथली सडक, पाट्नेखोला बागाखोर सडक, जात्रेफेदी कामीखोरिया सडक, आहाले च्यानडाँडा सडक, पार्थली डाँडागाउँ सडक, तिप्चोक पार्थली सडक, बल्थली लडकुपौवा छिर्के कामिडाँडा सडक, छिर्के फ्याङखोला सडक, सयले नारायणस्थान सडक, अस्पताल चोक, गैरीभञ्ज्याङ शौरे सिरथली नारायणस्थान सडक, च्याल्टी खोला खरिडाँडा सडक, टोडके फ्याङखोला तावरी भञ्ज्याङ सडक, सिउरानी थिङछाप मेधाम्सु सडक, भन्ज्याङ भुग्देउगाउँ मेधाम्सु सडक, भुग्देउ खेल मैदान, कामीडाँडा नागपोखरी खेल मैदान, कामीडाँडा चिया पकेट क्षेत्र बिकास कार्यक्रम, खानेपानी तर्फ एक घर एक धारा कार्यक्रम वडा नं ३ र ५ मा सञ्चालन भएका छन् । च्याल्टीखोला र भुग्देउ खोलामा पक्की पुलको डि.पि आर गरिएको छ ।

बेथानचोक गाउँपालिकाको प्राकृतिक तथा मानविय श्रोत साधनको उचित परिचालन गरी दिगो बिकास मार्फत सम्बृद्ध बेथानचोक, सुखी नागरिक भन्ने नारालाई सार्थक बनाउन नेकपा एमाले बेथानचोक गाउँपालिका कमिटीले वेथानचोकको समग्र बिकासका लागि स्थानीय निर्वाचन २०७९ को लागि निम्नानुसारको प्रतिबद्धता प्रस्तुत गरेको छ । न्यायपे्रमी मतदाताको अमुल्य मत,समर्थक शुभचिन्तकहरूको सकारात्मक सहयोग र सद्भावले नेकपा एमालेलाई बेथानचोकका आमा–बुबा–दाजुभाई तथा दिदी बहिनीहरूको सेवा गर्ने महान अवसर प्राप्त हुने आसासहित यो प्रतिवद्वता पत्र प्रस्तुत गरेका छौं ।

सडक पुर्वाधार
एमालेको स्थानीय सरकार वस्ती वस्तीमा स्तरिय सडक र पुर्वाधार

- आम नागरिकको जीवनस्तरलाई माथि उठाउन दुरगामी सडक निर्माण प्रक्रियाको थालनी गर्ने र निर्माण भई सकेका सडकको स्तरोन्नती गर्ने ।
- पालिकाभित्र रहेका कृषिउत्पादन ओसारपसार गर्ने सडक बर्षात्को कारणले अबरुद्ध भएमा चौविस घण्टाभित्र सञ्चालनमा ल्याइनेछ ।
- प्रत्येक बस्तीलाई  सडक सञ्जालले जोडिने छ ।
- बिभिन्न बैक वा सहकारीमा आफनो जग्गाधनी प्रमाण पुर्जा धितो राखेर ऋण लिई मोटरबाटो निर्माण गरेका वेथानचोक गाउपालिका–१, च्याम्राङवेसीका उपभोक्ताहरूको ऋण मोचनका लागि पहलगरिनेछ ।
- व्यवसायीहरूसँग समन्वय गरी पालिकाभित्र सञ्चालनमा रहेका पुराना यातायातका साधन हटाई नयाँ यातायातका साधन प्रयोगमा ल्याइने छ ।
- संघीय सरकारसँग समन्वय गरी बनेपा पनौती–चलाल–गेल्डुङ–च्याम्राङवेसी–फापरबारी जोड्ने सडक, पनौती 

  • न्युज काभ्रे संवाददाता

थप