काभ्रे : स्थानीय तहको निर्वाचन संघारमै छ । निर्वाचन नजिकिएसँगै जिल्लामा चुनावी माहोल तातिएको छ । जिल्लाका विभिन्न पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । त्यस्तै बेथानचोक गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले बाजागाँजा सहित परिक्रमा गर्दै उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
गाउँ पालिका अध्यक्ष कमल तिमल्सिना र उपाध्यक्ष सरला लामिछाने ले उम्मेदवारी दर्ता गराएका छन् ।अध्यक्ष र उपाध्यक्ष सहित सबै वडाका अध्यक्ष तथा सदस्यले मनोनयन दर्ता गराएका हुन् । उनीहरुले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
- न्युज काभ्रे संवाददाता