Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

एमाले भुम्लुगाउँपालिकाले सार्वजनिक गर्‍यो घोषणा पत्र

  ४ वर्ष अघि | १८ बैशाख २०७९, आइतवार
न्युज काभ्रे संवाददाता

काभ्रेपलाञ्चोक / नेकपा एमाले भुम्लुगाँपालीकाले  यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

नेकपा एमाले भुम्लुगाउँपालिका सापिङ्ग वडा कमिटीले आयोजना गरेको  घरदैलो कार्यक्रमको अवसरमा अध्यक्ष पदका उम्मेदवार प्रेम लामाले मुलर्खक भीमसेनलाई साक्षी राखी आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । कार्यक्रममा पालिका उपप्रमुख  पदका उम्मेदवार कल्पना श्रेष्ठ,नेता नकुल पराजुलि,सापिङ्ग वडाका अध्यक्ष पदका उम्मेदवार छत्र श्रेष्ठ,वडा सदस्यहरू गणेश बहादुर बुढाथोकी ,चन्द्र पहरी, विष्णुमाया तामाङ ,जुनकिरी कामी ,लगायत एमाले कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

चुनावी घोषणा पत्र सार्वजनिक गर्दै भुम्लुमा आफ्नो नेतृत्वको प्यानलले चुनाव जित्नेमा कुनै दुबिधा नरहेको स्पष्ट पार्दै भुम्लु बासी आम जनतालाई ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न अनुरोध गरेका छन् । घोषणा पत्र अन्य राजनीति दलको भन्दा पृथ्क र उत्कृष्ट रहेको हुँदा हाम्रा ती उत्कृष्ट कार्यक्रहरुले पाँच वर्षमा भुम्लुको मुहार फेरिने र सबैले  परिवर्तन महसुस गर्न सक्ने  एक नमुना गाउँपालिका बनाउने हाम्रो  अभियान रहेकोले यो निर्वाचनमा आफ्नो अमूल्य मत दिई  निर्वाचित गराउन अनुरोध गरेका छन्।

चेतना भनेकै शिक्षा भएको हुँदा भुम्लुको शिक्षामा अमूल परिवर्तन गर्न सक्ने खालका आफ्ना चुनावी घोषणा पत्रमा समेटिएको हुँदा आगामी पाँच वर्षमा जनमुखी शिक्षा ,प्राविधिक शिक्षा व्यावहारिक शिक्षा जस्ता पाटोमा सुधार गर्दै गुणस्तरीय शिक्षामा जोड दिने महत्पूर्ण योजनालाई प्राथमिकताका साथ लागू गर्दै सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्ने  र  निजी विद्यालयको भन्दा उत्कृष्ट शैक्षिक जनशक्ति उत्पादन गर्ने हाम्रो लक्ष्य रहेको र  साथै पर्यटन विकासमा  भुम्लुको धार्मिक स्थलको विकास ,जल पर्यटनको विकास जस्ता  पक्षलाई ध्यान राखी आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउँदै भुम्लुलाई समृद्ध र विकसित भुम्लु हाम्रो सपना एमालेको विजय जनताको चाहाना भन्ने नाराका साथ  जनता माझ आफ्नो चुनावी घोषणा पत्र भीमसेनलाई साक्षी राखी  समृद्ध भुम्लु बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 भुम्लुको परिवर्तन ,विकास ,शिक्षा स्वास्थ्य जस्ता आधारभूत कुराहरू पूरा गर्ने विकल्प भनेकै नेकपा एमाले पार्टी  भएको र एमालेको लहर भुम्लुमा उत्साहपूर्ण जनताकोविच लोकप्रिय पार्टीको रूपमा परिचित भइसकेकोले  अन्य राजनीतिक दलको गठबन्धनले  एमालेलाई कुनै फरक नपर्ने हुँदा ढुक्क भएर आफ्ना कार्यकर्तालाई घरदैलो अभियानमा लाग्न भुम्लु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार प्रेम लामाले अनुरोध गरेका छन् ।

  • न्युज काभ्रे संवाददाता

थप