Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

म्यादी प्रहरी काभ्रेका लागि आजसम्म आवेदन दिनेको संख्या २३ सय पाँच पुग्यो

  ५ वर्ष अघि | ९ चैत्र २०७८, बुधबार
न्युज काभ्रे संवाददाता

काभ्रे : नेपाल सरकारले स्थानीय तहको निर्वाचनको लागि माग गरेको म्यादी प्रहरीमा युवाहरुको आर्कषण बढ्दै गएको देखिन्छ । म्यादी प्रहरी भर्ना कार्यको आज चौँथो दिन जिल्ला प्रहरी कार्यालय काभ्रेमा ६ सय ५७ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

स्थानीय तहको निर्वाचनको लागि काभ्रेमा १४ सय ९५ जना म्यादी प्रहरी माग गरिएको छ । जसका लागि हालसम्म काभ्रेमा २३ सय ५ जनाले आवेदन दिइसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन ४ सय ५० जना, दोस्रो दिन ६ सय ९ जना , तेस्रो दिन ५ सय ८९ जना र आज चौँथो दिन ६ सय ५७ जना गरी २३ सय ५ जनाले आवेदन दिइसकेका छन् । जसमध्ये ५ सय ९८ जना महिला र १७ सय ७ जना पुरुष रहेका छन् ।

  • न्युज काभ्रे संवाददाता

थप