Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

अखिल नेपाल महिला संघ काभ्रेले बुझायो सिडिओ पाण्डेलाई ध्यानाकर्षण पत्र

  ४ वर्ष अघि | १६ जेष्ठ २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे : अखिल नेपाल जिल्ला कमिटि महिला संघले काभ्रेले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रधानमन्त्रीलाई सम्बोधन गरिएर लेखिएको उक्त ध्यानाकर्षण पत्र संघले सिडिओ पाण्डेलाई हस्तान्तरण गरेको हो ।  महिला हिंसा न्यूनिकरण गर्न माग राख्दै संघले आज प्रमुख जिल्ला अधिकारी पाण्डेसमक्ष पत्र बुझाएको हो ।

‘आठ वर्ष अघि सुन्दरी प्रतियोगिता (मिस–टिन) को नाममा प्रतियोगिताको आयोजकले गरेको बलात्कार र यौन हिंसाको श्रृंखलाबद्ध अपराध, विद्यालय, कर्मथलो, घरायसी लगायतका क्षेत्रमा हुने यौनजन्य दुर्व्यवहारका घटनाहरु भइरहेकाले अखिल नेपाल महिला संघ सबै प्रकारका महिला हिंसा अन्त्यका लागि कानुन संशोधन, आवश्यक कानुन निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयनका लागि माग गर्दछ,’ लगायतका कुरालाई समावेश गरिएको छ’ संघले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

  • न्युज काभ्रे संवाददाता

थप