Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बनेपा नगर प्रमुखमा कांग्रेसका शाक्य र उप–प्रमुखमा एमालेकी सापकोटा बिजयी

  ४ वर्ष अघि | ५ जेष्ठ २०७९, बिहिबार
न्युज काभ्रे संवाददाता

काभ्रे : जिल्लाको बनेपा नगरपालिकाको मतगणना कार्य सम्पन्न भएको छ । नगर प्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार शान्ति शाक्य बिजयी भएका छन् । उनी १३ हजार ७ सय ९३ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८ सय ३५ मत प्राप्त गरेका हुन् ।

उप प्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार विमला सापकोटा दाहाल विजयी भएकी हुन् । दाहालले ११ हजार ९ सय ९२ मत ल्याएर विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रगुवर चौ प्रधानलाई १४ सय ७७ मतले पराजित गरेकी हुन् । प्रधानले १० हजार ५ सय १५ मत प्राप्त गरेका छन् ।

बनेपा नगरपालिकामा नेकपा एमालेले वडा नं १, ४, ५, १०, ११, १२ र १३ मा जितेको हो । यस्तै नेपाली काँग्रेसले वडा नं २, ३, ७, ८, ९ र १४ मा जितेको छ भने नेकपा एकीकृत समाजवादीले वडा नं ६ मा जितेको छ ।

  • न्युज काभ्रे संवाददाता

थप