Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

घरदैलोसँगै किसानको बारीमा एमाले उम्मेद्वार

  ४ वर्ष अघि | २२ बैशाख २०७९, बिहिबार
न्युज काभ्रे संवाददाता

बेथानचोक। स्थानीय तह निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु मत माग्दै घरदैलोमा व्यस्त छन् । बेथानचोक गाउँपालिका वडा नम्बर २ का एमाले उम्मेदवार चेतनाथ तिमिल्सना भने मत माग्दै किसानको बारीमा पुगेर काम सघाइरहेका भेटिन्छन् ।
अहिले बेथानचोकका बारीमा गहुँ पाकेको छ । यहाँका किसान गहुँ थन्क्याउने चटारोमा छन् । यही बेला उम्मेदवारहरु मत माग्दै घरघर पुगिरहेका छन् । यही क्रममा बेथानचोक–२ पाटनेखोलाका किसान विष्णु तिमिल्सिनाको घरमा मत माग्न पुगेका एमाले उम्मेद्वारहरुले गहुँ काट्न सहयोग गरेका हुन् । विष्णुका बाबु भीमप्रसादलाई द्वन्द्वकालमा माओवादीले हत्या गरेको थियो ।
बेथानचोक गाउँपालिकाको केन्द्र रहेको ढुंखर्कमा नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार चेतनाथ प्रतिष्पर्धामा निकै अगाडि छन् । उनका प्रतिष्पर्धी नेपाली काँगे्रसका पुरुषोत्तम तिमल्सिना लामो समय जापान बसेर फर्केका व्यक्ति भएकाले उनलाई मतदाताले त्यति रुचाउने अवस्था छैन । त्यसमाथि चेतनाथको राजनीतिक तथा सामाजिक छविका अगाडि पुरुषोत्तमको उम्मेदवारी फिक्का हुने स्थानीय बासिन्दा बताउँछन् । नेपाली काँगे्रसभित्र मौलाएको गुटको राजनीतिले पनि पुरुषोत्तमलाई कमजोर पार्ने स्थानीय विष्णु सापकोटा बताउँछन् ।
वडाध्यक्ष उम्मेदवार चेतनाथ २०४७ सालमै विद्यार्थी राजनीतिमा सक्रिय थिए । उनको टिममा रहेका महिला सदस्य गोमा तिमल्सिना, दलित महिला सदस्य सीता विश्वकर्माका साथै खुला सदस्य विनोद  र प्रेम लामा पनि राजनीतिमा सक्रिय उम्मेदवार मानिन्छन् ।
  • न्युज काभ्रे संवाददाता

थप