काभ्रे : बनेपा नगर कमिटी नेकपा एमालेको फरक नारा रहेको छ। गाउँ गाउँ मा गएर एमालेको नारा :हामीलाई जिताउनुस् विकास गर्छौ सारा ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि जिल्लाको बनेपा नगरपालिकामा नेकपामा एमालेले चुनावी गतिविधिलाई तिब्रता दिएको छ । चुनावी कार्यतालिका अनुसार वैशाख ११ र १२ गते सञ्चालन भएको मनोनयन दर्ता कार्यक्रम सम्पन्न भए लगत्तै आजबाट बनेपामा एमालेले घरदैलो कार्यक्रम सुरु गरेको हो ।
बनेपा नगरपालिकाको वडा नं १ बाट एमालेले घरदैलो कार्यक्रम सुरु गरेको छ । चुनावी प्रचार–प्रसारसँगै वडाका अग्रज व्यक्तिहरुबाट आर्शिवाद लिन बनेपा नगरपालिकाका प्रमुखका उम्मेदवार रत्नकुश रंजित, उप–प्रमुखका उम्मेदवार बिमला सापकोटा दाहाल, वडा अध्यक्ष/वडा सदस्यका उम्मेदवार लगायत दलका प्रतिनिधिहरु जनताको घर दैलोमा पुगेका छन्।
पाण्डे गाउँमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उम्मेदवार जनप्रतिनिधिहरुले अबको निर्वाचमा यस वडाबाट नेकपा एमालेलाई जिताउन आग्रह गर्दै उक्त क्षेत्रको बाटो, खानेपानी , कृषिमा क्षेत्रलाई प्राथमिकतामा राखेर विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आज बनेपा नगरपालिका वडा नं १ का टोलटोलमा गएर एमालेका प्रमुख ,उपप्रमुख सहित भोट मागेर जित हासिल गर्ने को निमित्त अगाडि बढेका छन्।
- न्युज काभ्रे संवाददाता