Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

रक्तदातालाई जिवित फाउन्डेसनको न्यानो सम्मान

  ४ वर्ष अघि | १ असार २०७९, बुधबार
न्युज काभ्रे संवाददाता

काभ्रे : पनौती–५ मा स्थापना भएको जिवित फाउण्डेशन यतिबेला रक्तदानको महत्वलाई काभ्रेपलाञ्चोक जिल्लाभरी फैलाइरहेको छ भने रक्तदातालाई सम्मान र उप्रेरणा जगाउने महाअभियानमा जुटेको छ ।

विश्वरक्तदाता दिवसको अवसर पारेर सोही फाउण्डेशनले बनेपामा रक्तदान कार्यक्रमसँगै धेरै पटक रक्तदान गर्ने रक्तदातालाई सम्मान गरेको छ । रगतले धेरैको ज्यान जोगाउने भएकाले काभ्रेपलञ्चोक जिल्लामा कसैको पनि रगतको अभावमा मृत्यु नहोस भनेर अभियान सुरु गरेका छौ जिवित फाउण्डेशनका अध्यक्ष जितेन्द्र थापाले भने ।

यो महिनामा मात्रै धुलिखेलको हजार सिढीमा फाउण्डेशनले गरेको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । त्यस्तै पनौतीको श्रीकृष्ण पार्टी प्यालेसमा रक्तदान कार्यक्रम गरेको थियो । सो रक्तदान कार्यक्रममा ६४ जनाले रक्तदान गरेका थिए । त्यस्तै जेठ ३१ गते बनेपामा गरेको रक्तदान कार्यक्रममा १७ जनाले रगत दिएको थापाले बताए । त्यस्तै असार ४ गते बनेपामै पुनः रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो ।

शरिरमा आफै खेर जाने रगतको नियमित दान गरेमा शरिरमा फाईदा हुने भएकाले रक्तदान नियमित गराउन अभियान संचालन गर्ने थापाले बताए । रक्तदाता दिवसको अवसरमा काभ्रेमा ७० पटकभन्दा धेरै रक्तदान गर्ने रक्तदाता र रेयर नेगेटिभ ब्लड गुप्रमा पर्ने समुहका रक्तदातालाई फाउण्डेशनले सम्मान गरेको छ ।

बनेपा नगरपालिका बडा नं ८ का अध्यक्ष शुभलक्ष्मी मानन्धरको प्रमुख आतिथ्यतामा सो सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा जिल्लाकै सबैभन्दा धेरै रगत दान गर्ने दाता विदुर खड्का,पुण्यवती घले, प्रल्लाद शर्मा हुँमागाई, नारायण सापकोटा, रद्युनाथ हुँमागाईलाई सम्मान गरेको हो । त्यस्तै नो नेगेटिभ ब्लड गुप्र रहेर पनि ४० पटक रक्तदान गर्ने केशवराज पौडेललाई सम्मान गरेको छ ।

  • न्युज काभ्रे संवाददाता

थप