Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

चैत्र २५ गतेदेखि काभ्रेका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने

  ५ वर्ष अघि | १४ चैत्र २०७८, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे : काभ्रेका बालबालिकालाई चैत्र २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई चैत्र २५ गतेदेखि टाइफाइड विरुद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेद्वारा सञ्चालित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

जिल्ला स्वास्थय कार्यालय काभ्रेका प्रमुख डा. पुरुषोत्तमराज सेढाँईका अनुसार जिल्लाका १५ महिनादेखि १५ वर्षमुनिका ९० हजार बालकालिकालाई आगामी चैत्र २५ गतेदेखि ३० गतेसम्म टाइफाइड विरुद्धको खोप लगाइने छ ।

खोप अभियान सञ्चालनका लागि जिल्लामा आवश्यक पूर्व तयारी, जनशक्ति परिचालन तथा व्यवस्थापन र तालिम, खोपको भण्डारण लगायतको तयारी गरिएको डा. सेढाँईले बताए । काभ्रेपलान्चोक जिल्ला पनि टाइफाइडको उच्च जोखिममा रहेकाले यसको न्यूनीकरण गर्न खोप अभियानलाई प्रभावकारी बनाउनु पर्नेमा उनले जोड दिए ।

टाइफाइड विरुद्धको खोप लगाउनका लागि सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखामा समन्वय गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

  • न्युज काभ्रे संवाददाता

थप