Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

सालकको खपटा सहित काभ्रेमा तिन जना पक्राउ

सालकको खपटा सहित काभ्रेमा तिन जना पक्राउ

  ४ वर्ष अघि | ९ भदौ २०७९, बिहिबार
न्युज काभ्रे संवाददाता

काभ्रे । संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित काभ्रेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बनेपा नगरपालिका वडा नं. ६ स्थित स्वागत क्याफेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाउँपालिका–७ का ४९ वर्षीय गोविन्द सेन्चुरी, काभ्रे जिल्लाको रोशी गाउँपालिका–४ का २६ वर्षीय सुरज झेडीमगर र महाभारत गाउँपालिका–७ का २५ वर्षीय विमान स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
उनीहरुालई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित पक्राउ गरेको हो ।

पक्राउ गरिएकामाथि हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • न्युज काभ्रे संवाददाता

थप