Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो

  १० महिना अघि | २ पुस २०८२, बुधबार
न्युज काभ्रे

बनेपा/नेपाल पत्रकार महासंघ काभ्रे शाखाले स्थापनाको ३३ औ दिवस मनाएको छ । केन्द्रीय अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला अध्यक्ष विनोद न्यौपानेको अध्यक्षता रहेको थियो ।
स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रे शाखाले वेभसाईट संचालनमा ल्याएको छ । साथै पत्रकारिता दर्पण प्रकाशन गरेको छ ।

अध्यक्ष न्यौपानेले पूर्वाधार निर्माणसँगै संस्थागत विकास र पत्रकारहरुको क्षमताबृद्धीमा कार्य गर्ने बताए । ‘यस अघि रहेको कल्याण कोषमा ५ लाखबाट बृद्धी गरी १० लाख पुयाईएको छ । पत्रकारहरुको ५ लाख रुपैयासम्मको दुर्घटना विमा गर्ने निर्णय गरिएको छ’–अध्यक्ष न्यौपानेले भने–‘साधारण सभा तथा शुशासन र पारदर्शीतासँगै महासंघले पत्रकारहरुका लागि एआईको तालिम तथा पूर्वाधार निर्माणको कार्य सम्पन्न हुनेछ ।’ पत्रकार महासंघको संगठन सुदृढीकरणसँगै संस्थागत विकासमा योजना निर्माण गरी कार्य प्रारम्भ गरिएको अध्यक्ष न्यौपानेले बताए ।

कार्यक्रममा बोेल्दै केन्द्रीय अध्यक्ष निर्मला शर्माले पत्रकारहरुको क्षमता विकासका लागि निरन्तर महासंघ सक्रिय रहेको बताईन् । पत्रकारिताको विश्वास र सक्रियता फेरिए पनि आवश्यकता उत्तिक्कै रहेको उनको भनाई थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर, पुर्व अध्यक्षहरु भोजराज तिमल्सिना, ईश्वरी ओझा, भोला थापा, महेश पौड्याल, नाराययण सापकोटा, मोतीराम तिमल्सिना, बद्रीराज तिमल्सिना, प्रदेश कमिटी सदस्य सुनिता सापकोटा, कामना प्रतिष्ठान अध्यक्ष भगवती तिमल्सिना, प्रेस चौतारी अध्यक्ष केदार तिमल्सिना, प्रेस सेन्टर अध्यक्ष रामप्रसाद ढकाल, प्रेस युनियन सचिव शुभराज अधिकारी, फोनिज अध्यक्ष इन्द्रबहादुर थापा मगर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
उपाध्यक्ष कपिल कोईरालाको स्वागत मन्तब्य रहेको कार्यक्रम सचिव नगेन्द्र अधिकारीले संचालन गरेका थिए ।

  • न्युज काभ्रे

थप