Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

इलाका प्रहरी बनेपाको सक्रियता : लागू औषध नियन्त्रणका लागि गाँजा खेती फडानी

  ४ वर्ष अघि | १० जेष्ठ २०७९, मङ्लबार
न्युज काभ्रे संवाददाता

काभ्रे : इलाका प्रहरी कार्यालय बनेपालेलागू औषध नियन्त्रणका लागि गाँजा खेती फडानी गरेको छ । कार्यालयले सोमबार बनेपा आसपासमा रहेको विभिन्न ठाउँमा प्रहरीले गाँजा नष्ट गरेको हो। विद्यार्थी, शिक्षक र प्रहरीको सक्रियतामा बनेपा आसपासका क्षेत्रको गाँजा फडानी गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

कार्यालयका अनुसार बनेपामा रहेको ज्ञानकुञ्ज कलेजका शिक्षक, विद्यार्थी र इलाका प्रहरी कार्यालय बनेपाको प्रमुख प्रहरी निरीक्षक नारायण थापाको कमाण्डमा ५० जनाको खटिएको टोलीले गाँजा नष्ट गरिएको हो । सो टोलीले बनेपाको ज्ञानकुञ्ज कलेज पछाडि रहेको गाँजा खेती , पुलबजारमा रहेको , धनेश्वोर पुल नीर रहेको गाँजा र पुरानो तरकारी बजार पछाडि रहेको गाँजा फडानी गरेको हो ।

लागू औषधको रुपमा रहेको गाँजालाई प्रहरीले गाउँ–गाउँ पुगेर नष्ट गर्न सुरु गरेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख नारायण थापाले जानकारी दिए । उनका अनुसार लागू औषधको रुपमा प्रयोग हुने गाँजालाई स्थानीयले बेचविखन गर्न थालेपछि अभियान नै चलाएर नष्ट गर्न सुरु गरिएको हो ।

  • न्युज काभ्रे संवाददाता

थप