Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

युएम बचत तथा ऋण सहकारी संस्था पाचँखाल सेवा केन्द्रको बार्षिक साधारणसभा

  ४ वर्ष अघि | २६ भदौ २०७९, आइतवार
न्युज काभ्रे संवाददाता

काभ्रे । बनेपा नगरपालिका वडा नं १० मा रहेको युएम बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक साधारणसभा हिजो भए सँगै जिल्लामा भएका शाखाहरुको सेवा केन्द्रमा साधारणसभा धमाधम भइरहेको छ।

१७ हजार सदस्य ९२ करोडको कारोबार चार वटा सहकारीको एकीकरणपछि काभ्रेपलान्चोक जिल्ला र सिन्धुपाल्चोकबाट सेवा प्रदान गरेको युएम बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा केन्द्रीय कार्यालय बनेपामा भव्य रुपमा  भएको छ ।


हिजो उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पछसेले सहकारीको भिडमा युएम बचतले निक्कै राम्रो काम गरिरहेको बताए । उनले सहकारीले बचत तथा ऋणको मात्रै नभएर उद्यमी बनाउन, बजारीकरण गर्ने, सामाजिक उत्तरदायित्व बहन गर्ने जस्ता कार्यहरु गरेको भनेर प्रशंसा गरेका थिए ।

उनले काभ्रेमा रहेका केही ठूला सहकारीको रुपमा युएम साकोस पर्ने भएकाले सो सहकारीले आफ्नो भवनबाट निक्कै राम्रो सेवा प्रदान गरिरहेको बताएका थिए ।

आज पाचखाल सेवा केन्द्रमा एघारौं साधारणसभा मनाउने क्रममा प्रमुख अतिथि पाचखाल नगरपालिका उपप्रमुख  सुर्यमाया दनुवारको  उपस्थिति थियो । 

उहाँले भन्नुभयो युएम बचत तथा ऋण सहकारीको सेवा केन्द्रले जनतालाई सेवा राम्रोसँग दिएको र पाचखाल नगरपालिका को विकासका लागि टेवा पुर्‍याउने विश्वास लिनुभएको थियोे ।

  • न्युज काभ्रे संवाददाता

थप