Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

विभिन्न मुद्दामा फरार रहेका ३ पुरुष पक्राउ

  ५ वर्ष अघि | ६ चैत्र २०७८, आइतवार
न्युज काभ्रे संवाददाता

काभ्रे : विभिन्न मुद्दामा फरार रहेका जिल्लाका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भुम्लु गाउँपालिका वडा नं ८ का अनिमेश लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको छ । सार्वजनिक अपराध मुद्दामा फरार रहेका लामालाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो ।

सार्वजनिक मुद्दामा लामालाई जिल्ला अदालत काभ्रेले २०७२ माघ १० गते सजायको फैसला सुनाएको थियो । अदालतको फैसलापछि फरार रहेका लामालाई जिल्ला प्रहरी कार्यालय काभ्रेले भुम्लु गाउँपालिका वडा नं ८ बाट चैत्र ६ गते पक्राउ गरेको हो ।
त्यस्तै बुहविवाहमा फरार रहेका भुम्लु गाउँपालिकाको वडा नं ८ का कान्छाराम माझीलाई प्रहरीले पक्राउ गरेको छ । बहुविवाह मुद्दामा २०७७ पुस ६ गते जिल्ला अदालत काभ्रेले सजायको फैसला गरेको छ । अदालतको फैसलापश्चात फरार रहेका माझीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले चैत्र ६ गते पक्राउ गरेको हो ।
यस्तै बैंकिङ कसूर मुद्दामा फरार रहेका रोशी गाउँपालिका वडा नं ५ का मेख बहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसूर मुद्दामा फरार रहेका लामालाई चैत्र ६ गते पक्राउ जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गरेको हो ।
विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यन्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

  • न्युज काभ्रे संवाददाता

थप