काभ्रे । उद्योग बाणिज्य संघ काभ्रेले निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रम राखि सम्मान गरेको छ।
आज अरनिको पार्टी प्यालेसमा उद्योग बाणिज्य संघ काभ्रेले १३ वटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रम राखेको हो।
कार्यक्रममा अध्यक्षता उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र पंछसेले गर्नुभएको थियो । कार्यक्रमको प्रमुख अतिथि उद्योग बाणिज्य संघ केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रममा जिल्ला प्रहरी प्रमुख चक्रराज जोशि, कालिजंग गण प्रमुख मिलन थापा उद्योगी व्यवसायी ,पत्रकार, राजनीतिकर्मी विभिन्न तह का व्यक्ति हरुको उपस्थिति थियो।
कार्यक्रम सञ्चालन उद्योग बाणिज्य संघ काभ्रेका महासचिव रविन्द्र बैदार ले गर्नुभएको थियो। कार्यक्रम सञ्चालन गदै उहाँले उद्योगी व्यवसायी ले सबै क्षेत्रमा सबै सँग समन्वय गरि विकासमा सहयोग गर्ने र व्यवसायीलाई स्थानीय सरकार र केन्द्रीय सरकारले समन्वय कारी भुमिका गर्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा १३ वटै स्थानीय तहका निर्वाचित जनप्रतिनिधि हरुलाई निमन्त्रणा गरिए पनि उपस्थिति कम देखियो।
बधाई कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघका केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठले भन्नुभयो निजि क्षेत्रलाई सरकारले समन्वय गरेर अगाडि बढ्ने हो ,भने विकास सम्भव रहेको र उद्योगी व्यवसायीहरु विकास प्रेमि रहेको र देशको समृद्धि निजी क्षेत्रको उद्योगी व्यवसायी को सहकार्यमा सम्भव रहेको पनि उहाँले बताउनुभयो ।
विगतमा सरकारले सहकार्य गरेर अगाडि बढ्ने भने पनि सहकार्य र समन्वय नभएको उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै दोस्रो पटक निर्वाचित जनप्रतिनिधि धुलिखेल नगरपालिका प्रमुख अशोक कुमार व्यन्जुले राजनीति र पार्टी लाई एकातिर राखेर संस्था गत कार्य गर्ने हो भने सबै मिलेर विकास गर्ने गाह्रो नरहेको बताउनुभयो ।
तेसैगरि बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले सबै क्षेत्रको विकासमा लाग्ने र खानेपानी ,डुवान,बसपार्क को समस्या नगरपालिकाले समाधान गर्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पंछसेले दिर्घकालिन विकास तर्फ उद्योग बाणिज्य संघ लागि परेको र आर्थिक समृद्धि भनेको व्यवसायी हरुबाटै हुने हुदा सरकारले समन्वयकारी भुमिका गर्नुपर्ने उहाँको भनाइ रहेको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने गरि बस्तुगत संयोजक हरुपनि तोकिएको छ।
- न्युज काभ्रे संवाददाता