Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

मन्त्री खतिवडाद्वारा मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घाटन

  ५ वर्ष अघि | ४ चैत्र २०७८, शुक्रबार
न्युज काभ्रे संवाददाता

काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ७ स्थित नौबिसेमा नवनिर्मित मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घाटन स्वास्थ मन्त्री विरोध खतिवडाले  गर्नुभएको छ ।

संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नव निर्मित अस्पतालको आज उद्घाटन गरेका हुन् । अस्पतालको उद्घाटन समारोहमा बागमती प्रदेशका मन्त्री निमा लामा, बागमती प्रदेश सभा सांसद लक्ष्मण लम्साल, नगरप्रमुख टोक बहादुर वाइबा,प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , जिल्ला प्रहरी प्रमुख चक्रराज जोशि , स्थानीय जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

अस्पताल निर्माणका लागि काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का सांसद लक्ष्मण लम्सालको विशेष पहलमा बागमती प्रदेश सरकारले बजेट विनियोजन भएको थियो । उक्त अस्पताल बागमती प्रदेश सरकार र मण्डनदेउपुर नगरपालिकाको आर्थिक साझेदारीमा निर्माण भएको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार बागमती प्रदेश सरकार र नगरपालिकाको करिब ९ करोड बजेटमा अस्पतालको संरचना तय भएको हो ।

  • न्युज काभ्रे संवाददाता

थप