Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

अवरुद्ध विपि राजमार्ग सुचारु

  १ वर्ष अघि | ३० असार २०८२, सोमवार
न्युज काभ्रे

काभ्रे- बीपी राजमार्गको रोशी गाउँपालिका–९ पिन्थली र मंगलटार बिरुवाडाँडा ९ र ११ वडाको सिमाना कालढुङ्गामा खहरे खोलाको लेदो आएर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ ।

आइतबार साँझ साढे ६ बजेदेखि आएको लेदो रातभर हटाएर बिहान ६ बजेदेखि सडक दुईतर्फी सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख सुनिल ध्वाजूले जानकारी दिनुभयेा ।

बीपी राजमार्गकै पिन्थलीमा यसअघि पनि पटक-पटक सडक अवरुद्ध भएको थियो । गत असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो भने असार २५ गते मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

  • न्युज काभ्रे

थप