काभ्रे । बाढीले बगाएको र पहिरोले थुनिएको करिब ८ किलोमिटर सडकको बैकल्पिक बाटो खोलेर सुचारु गरिएको बीपी राजमार्गको धुलिखेल-भकुण्डेबेँसी खण्डमा रातभर सवारी आवागमन बन्द गरिएको छ ।
असोज दोस्रो साताको बाढीपहिरो र डुबानले क्षति पुर्याएको भकुण्डेबेँसी वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडकमा अड्केका सवारी साधन र यात्रुलाई बैकल्पिक बाटो खोलि आवतजावत गराइएको थियो।
नयाँ ट्रयाकको मर्मत तथा सुधार कार्य भइरहेको साथै जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म उक्त खण्ड बन्द गरिएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।
- न्युज काभ्रे