Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

टिम बिबिसीको जनप्रतिनिधि लाई बधाई तथा शुभकामना कार्यक्रम

  ४ वर्ष अघि | ३० जेष्ठ २०७९, सोमवार
न्युज काभ्रे संवाददाता

काभ्रे ।राष्ट्रियस्तरमा खेलकुदबाट बनेपाको परिचय दिन सकिन्छ भनी स्थापना भएको बिबिस फुटबल क्लब र सोही क्लबलाई मातृत्व प्रदान गर्न र व्यवसायीक एवं सामाजिक व्यक्तित्वहरुको संयुक्त प्रयासमा समाजको दिगो विकास गर्न सकिन्छ भनी टिम बिबिसीको स्थापना गर्नुपर्छ भनेर बनेपा एवं आशपासका युवाहरुलाई समेटी “सामाजिक सद्भाव र आपसी सहकार्यका लागि टिम बिबिस” को नारा बोकेर स्थापना भएको टिम बिबिसीले गत शतिवार एक कार्यक्रमको आयोजना गरी वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित भई आएका पनौती न.पा. वडा नं. ५ का वडाअध्यक्ष एवं टिम बिबिसीका सदस्य बिनोद खत्री र बनेपा नगरपालिकाका प्रमुख, उप–प्रमुख लगायत वडा नं. १ देखि १४ सम्मकै वडा अध्यक्षहरुलाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना प्रदान गरेको छ । संस्थाका संयोजक सरोेज कुमार तिमल्सेनाको सभापतित्व र संस्थापक संयोजक÷प्रमुख सल्लाहकार महेश कुमार कर्माचार्यको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संस्थाका परिकल्पनाकार हरि कर्माचार्यले बनेपा र आसपासका व्यवसायी एवं सामाजिक क्रियाकलापमा आवद्ध व्यक्तिहरुको तत्कालको आवश्यकता परिपूर्तिको निमित्त सामुहिक रुपले एक ढिक्का भई कार्य गर्नका लागि टिम बिबिसीको स्थापना भएको जानकारी गराउँदै आजको दिनसम्म आइपुग्दा हामी सबैको सहकार्य र सद्भावले गर्दा जुन उद्देश्य लिएर स्थापना भएको हो सो पुरा भएको बताउनु भयो ।

कार्यसमिति सदस्य विकास पन्तको उद्घोषणमा सम्पन्न भएको उक्त कार्यक्रममा कार्यसमिति सदस्य कौशलराज खड्काको स्वागत मन्तव्य रहेको थियो भने पनौती न.पा. वडा नं. ५ का वडा अध्यक्ष बिनोद खत्रीले सम्मानित हुन पाउँदा आफुलाई खुसी लागेको बताउनु भयो । त्यसैगरी बनेपा नगर उप–प्रमुख बिमला सापकोटा दाहालले आफुले नयाँ जोश र जाँगर बोकेर आएको हुनाले आगामी ५ वर्ष नगरवासीले महशुस हुने गरी परिवर्तन देख्नु पाउने बताउनु भयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफुले वर्षातमा बनेपालाई डुबानमुक्त बनाउने घोषणा पत्रमा लेखिए बमोजिम नै शपथ ग्रहण गरेको दिन देखिनै पूण्यमाता खोलाको माटो निकाल्ने काम गरेको र आफु सफल हुने संकेत पाइसकेको पनि बताउनु भयो भने किसानले आफ्नो उत्पादनको मूल्य कौडीको भाउ पाउने तर उपभोक्ताले निकै महँगोमा खरिद गरेर उपभोग गर्नुपर्ने परिपाटीलाई अन्त्य गर्नको निमित्त नाला क्षेत्रमा कोल्ड स्टोर स्थापना गर्ने, करिब चालीस करोड बराबरको पाउडर दुध कारखानाको स्थापना गर्ने, बनेपा नगरपालिका भित्र पर्ने राजमार्गको छेउको ड्रेनको सफाई गर्ने लगायतका थुप्रै कार्यहरु अगाडि बढिसकेको बताउने भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कर्माचार्यले सामाजिक संस्था गैर नाफामुलक हुने भएकोले तिनिहरुले गरेका कार्यक्रम र गतिविधिका आधारमा मूल्यांकन गरी वर्गिकरण गर्न आवश्यक रहेको र सोही अनुसार नगरपालिकाले कार्यक्रमहरु उपलब्ध गराउनु पर्ने बताउनु भयो भने उक्त कार्यक्रमका सभापति तिमल्सिनाले टिम बिबिसी कुनै पनि पार्टीसँग आवद्ध नभएको र यो एक स्वायत्त सामाजिक संस्था भएकोले यस सबै विचार र आस्थाका व्यक्तित्वहरु संलग्न रही सामाजिक कार्यक्रमहरु गर्दै आएकोले नगरपालिका र नगरभित्रका १४ वटै वडाले कुनै पनि कार्यक्रममा संस्थालाई सम्झिन सकिने र सहकार्य गर्न सकिने बताउनु भयो ।

  • न्युज काभ्रे संवाददाता

थप