Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ

  १ वर्ष अघि | १५ साउन २०८२, बुधबार
न्युज काभ्रे

धुलिखेल- नक्कली सरकारी कागजात र छाप बनाउने एउटा गिरोहलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ परेको छ।

जिल्ला प्रहरी कार्यालयले धुलिखेल नगरपालिका वडा नं. १२ बाट नक्कली सरकारी कागजात र छाप नक्कली बनाउने गिरोहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा गोरखाको लखन गाउँपालिका–९, घर भई हाल काठमाडौं बस्दै ४१ वर्षीय किरण अर्याल र धुलिखेल नगरपालिका–१२ का ३८ वर्षीय जितेन्द्र तामाङ छन् ।

प्रहरीले जिल्ला अदालत काभ्रेको अनुमतिमा वडाअध्यक्षको नाममा सञ्चालन भइरहेको नक्कली कागजात बनाउने कार्यालयमा छापा हानेको थियो।

प्रहरीको टोलीले विभिन्न सरकारी तथा निजी संस्थाका २६ थान छापहरू, नेपाली नोट ६८ हजार ७०० राहदानी, नागरिकता, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, हार्डड्राइभ, सीपीयू, प्रिन्टर, र फोटोकपी मेसिनहरू पनि बरामद गरेको छ।

बरामद गरिएका छापहरू

धुलिखेल नगरपालिका वडा नं. १२

तारा खोलागाउँपालिका, बागलुङ

हेटौंडा उपमहानगरपालिका

चितवनको रत्ननगर वडा नं. १

नेपाल विद्यार्थी संघ

नेपाल नोटरी पब्लिक काउन्सिल

विभिन्न वडाध्यक्षहरूको नामसहितका छाप

अस्पताल, मासु पसल, होटेल र कम्प्युटर इन्स्टिच्युटका छाप

पक्राउ परेकाहरूलाई सरकारी छाप दुरुपयोग तथा कागजात नक्कली बनाएको आरोपमा जिल्ला अदालत काभ्रेद्वारा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।

प्रहरीका अनुसार उनीहरूले नक्कली नागरिकता, सिफारिसपत्र, शैक्षिक प्रमाणपत्रलगायतका कागजात बनाइ रोजगारीका लागि विदेश जाने व्यक्तिहरूलाई बिक्री गर्ने गरेका थिए।

  • न्युज काभ्रे

थप