Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

प्रहरी हवल्दार श्रेष्ठ फाल्गुण महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित

  ५ वर्ष अघि | १० चैत्र २०७८, बिहिबार
न्युज काभ्रे संवाददाता

काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोमा कार्यरत प्रहरी हवल्दार दिपेश श्रेष्ठ फाल्गुण महिनामा जिल्लाकै उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनको कामको कदर गर्दै बेस्ट पोलिस अफ द मन्थ घोषणा गरेको हो ।

प्रहरी हवल्दार श्रेष्ठले विभागिय मूल्यरमान्यता, आदेश/निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गर्दै विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गर्न महवपूर्ण भूमिका निर्वाह गरेका छन् ।
साथै अपराधिक क्रियाकलापहरुको नियन्त्रणमा निरन्तर खटिई उत्कृष्ट एवं सिर्जनशील ढंगले कार्यसम्पादन गरिरहेको हुँदा उनीद्वारा सम्पादित उत्कृष्ट कार्यको उच्च मूल्यांकन गर्दै यसको निरन्तरताको अपेक्षा गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्न श्रेष्ठलाई फाल्गुण महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले जानकारी दिए ।

  • न्युज काभ्रे संवाददाता

थप