Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बनेपा वडा नं ४ आँगलमा आगलागी, १२ लाख बराबरको क्षति

  १ वर्ष अघि | २ जेष्ठ २०८२, बिहिबार
न्युज काभ्रे

नाला/काभ्रेको बनेपा नगरपालिका– ४ स्थित आगलको एक घरमा आगलागी भएको छ । बिहीबार बिहान करिब १:२० बजेको समयमा काभ्रेको बनेपा नगरपालिका वडा नं ४ स्थित आगल बस्ने रामेश्वर दाहालको इट्टाको वाल भएको, जस्ताको छानो भएको २ तल्ले कच्ची घरमा विद्युत्को तार सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले जानकार दिए ।

उनका अनुसार, उक्त घटनाको जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थलमा पुगेको र प्रहरी र स्थानीयको सहयोगमा बिहानको करिब २:३० बजेको समयमा आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको हो । आगलागीबाट उक्त घरभित्र रहेको अन्नपात, भाँडाकुडा, लत्ताकपडा र घर समेत पूर्ण रुपमा जलेर नष्ट हुदाँ करिब १२ लाख रुपैयाँ बराबरको क्षति भएको उनले बताए । उनका अनुसार, आगलागीमा कुनै मानवीय तथा चौपायको क्षति भएको छैन ।

  • न्युज काभ्रे

थप