Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

समृद्ध नमोबुद्धका लागि मेरो उम्मेदवारी : राजन भुर्तेल

  ४ वर्ष अघि | १५ बैशाख २०७९, बिहिबार
न्युज काभ्रे संवाददाता

काभ्रे : नेकपा एमालेको तर्फबाट नमोबुद्द नगरपालिकाका मेयरका उम्मेदवार राजन भुर्तेलले समृद्ध नमोबुद्दको सपना पुरा गर्न उम्मेदवारी दिएको बताए ।

विकास निर्माण, सुशासन, समृद्धि र राष्ट्रियताको सवालमा नेकपा एमालेको स्पष्ट दृष्टिकोण रहेकाले समृद्ध नमोबुद्दका लागि एमालेले नै जित्पुर्ने उनले बताए । जनताले हिजो पनि विश्वास गरेकाले यो पटक पनि विश्वास गर्ने भुर्तेलले बताए । जनताको साथ लिएर सुखी नागरीक, समृद्ध नमोबुद्दको सपना साकार पर्ने उनको भनाई छ ।
जिल्लाभरी दर्ता भएका सम्पूर्ण दल एकातिर र एमाले एक्लै एकातिर हुँदा पनि एमालेले अरु दललाई पराजीत गर्ने उनको दाबी छ । आफु निर्वाचित भएपछि विश्वसम्पदा सुचीमा सुचिकृत हुन प्रस्तावित नमोबुद्द क्षेत्रलाई सुचीकृत गराउने, धार्मिक पर्यटन र कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिने मेयरका भुर्तेलले बताएका छन ।

  • न्युज काभ्रे संवाददाता

थप