Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

पूर्वाधार विकासमा नमोबुद्धको फड्को, थप दुई वडा कार्यालय भवन उद्घाटन

  ५ वर्ष अघि | १८ चैत्र २०७८, शुक्रबार
न्युज काभ्रे संवाददाता

दाप्चा (नमोबुद्ध)–नगरबासीलाई सेवा प्रवाहमा सजहता ल्याउने उद्देश्यले नमोबुद्ध नगरपालिकाले सबै वडामा सुविधासम्पन्न भवन निर्माण गरेको छ । 
सोही क्रममा नमोबुद्ध नगरपालिकाका दुईवटा वडामा निर्माण गरिएको वडा कार्यालय भवनको आज शुक्रबार उद्घाटन गरिएको छ । नमोबुद्ध नगरपालिकाका प्रमुख टी.पी शर्मा तिमल्सिनाले वडा नं. ७ र वडा नंं ९ को वडा कार्यालय भवन उद्घाटन गरेका हुन् । 
नमोबुद्ध नगरपालिकाले यही आर्थिक बर्षभित्र सबै वडाको भवन तथा स्वास्थ्य संस्थाका भवनहरुको निर्माण सक्ने लक्ष्य लिएको थियो । यसअघि वडा नं. २, ८, १० र ११ को वडा कार्यालय भवन उद्घाटन भईसकेका छन् भने वडा नं. ३ र ६ को नयाँ भवनबाट सेवा प्रवाह सुरु भइसकेको छ । यस्तै वडा नं. १ को भवन निर्माणका लागि टेण्डर भइसकेको छ भने वडा नं. ४ र ५ को वडा कार्यालय भवन निर्माण अन्तिम चरणमा पुगिसकेको छ ।  
शुक्रबार उद्घाटन गरिएको वडा नं. ७ को भवन निर्माणको ठेक्का सिद्धिविनायक निर्माण सेवा धुलिखेलले भ्याटबाहेक ४० लाख ८७ हजार ६ सय ८५ रुपैयाँ र वडा नं. ९ को भवन निर्माणको ठेक्का जानुका निर्माण सेवा पनौतीले भ्याटबाहेक ४१ लाख ४४ हजार २ सय २३ रुपैयाँमा प्राप्त गरेका थिए । 
वडा कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख टी.पी शर्मा तिमल्सिनाले आफूहरु निर्वाचित भएदेखि नै नगरबासीको सहजताका लागि वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिपरेको र सोही अनुसार सबै वडाको भवन निर्माणको काम थालिएको बताए । कार्यकालको अन्तिम समयमा आइपुग्दा सबै वडाको भवन निर्माण सकेर सेवा प्रवाहलाई थप सहज बनाउनु आफूहरुका लागि गौरवको कुरा भएको तिमल्सिनाको भनाई थियो । सबै वडाबाट नगरको केन्द्रसम्म पुग्ने सडकको निर्माण, सबै वडामा स्वास्थ्य संस्थाको सुविधासम्पन्न भवन निर्माण, एक घर एक धारा अभियानले मुर्तरुप पाइरहेको तिमल्सिनाले बताए । नगरको विकासका लागि आफूहरुले चुनावअघि गरेको प्रतिवद्धताअनुसार नै काम गरिरहेको र अधिकांश प्रतिवद्धता पुरा भएको तिमल्सिनाले जानकारी दिए । समृद्ध नगरको सपना साकार बनाउन सबै पक्षसँग हातेमालो गर्दै अघि बढेको पनि उनको भनाई थियो । आफूहरुले पाँच बर्षको अवधीमा गरेको कार्यको मुल्यांकन जनताले नै गर्ने पनि उनले बताए । ग्रामीण पूर्वाधार सडक कार्यक्रमबाट ४० करोड रुपैयाँमा सडक निर्माणको काम यसैबर्ष सुरु भइसकेको उनले बताए । 
यस्तै उपप्रमुख रामदेवी तामाङले नगरपालिकामा पछिल्लो समय नगरपालिकामा समय विकास निर्माणको कामले गति लिएको बताउँदै निर्माण गरिएका संरचनाको सही सदुपयोग गर्न सरोकारवाला सबैलाई आह्वान गरिन् । यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले विकासको काम कहिले पनि नसकिने भन्दै विकासलाई सापेक्षित ढंगले हेर्नुपर्ने र यो निरन्तर चलिरहने बताए । अहिले विकासको पहिलो खुट्किलो तयार भएको भन्दै उनले आगामी दिनमा यसमै आधारित भएर विकास निर्माणलाई तीब्रता दिइने बताए । वडा कार्यालय भवनहरु नगरबासीको सम्पति भएको भन्दै उनले यसलाई जोगाउन र सदुपयोग गर्न आग्रह गरे । 
यस्तै वडा नंं ७ का वडा अध्यक्ष धर्मसिं लामा, वडा नंं ९ का वडाअध्यक्ष मेलवहादुर लामाले सबैको सहयोगबाट आआफ्नो वडा कार्यालयमा सुविधासम्पन्न भवन निर्माण भएको भन्दै धन्यवाद ज्ञापन गरे । कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष बुद्धसिं लामा लगायतले पनि मन्तव्य राखेका थिए । वडा नंं ७ को वडा कार्यालय उद्घाटनकै अवसरमा सिलाई कटाई तालिमका सहभागीलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । कार्यक्रमा वडा कार्यालय निर्माणमा सहयोग गर्नेहरुलाई सम्मान पनि गरिएको थियो । वडा नं. ९ को कार्यालय उद्घाटन कार्यक्रममा स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीलाई पनि सम्मान गरिएको थियो ।

  • न्युज काभ्रे संवाददाता

थप