Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

ऐतिहासिक र पुरातात्त्विक धरोहर जोगाउनु नागरिकको दायित्व हो: राष्ट्रपति विद्यादेवि भण्डारी

  ५ वर्ष अघि | १६ चैत्र २०७८, बुधबार
न्युज काभ्रे संवाददाता

 काभ्रे : राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारको विकास गर्ने क्रममा वातावरण संरक्षणमा विशेष ध्यान दिन आग्रह गरेका छन्।नमोबुद्ध नगरपालिका वडा नं ५ मा रहेको कालिदेवि मन्दिर को राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुभएको हो।२०७२ सालको भूकम्पकामा क्षतिग्रस्त नमोबुद्ध नगरपालिका-५ स्थित प्राचीन कालिका मन्दिर समुद्घाटन कार्यक्रमलाई आज सम्वोधन गर्दै भण्डारीले विकास सम्वन्धी नीति, कार्यक्रम र योजना तर्जुमा गर्दा वातावरण संरक्षणको विषयलाई उच्च प्राथमिकतामा राख्ने सुदृढ संकल्प गर्नपनि जनप्रतिनिधि तथा संवद्ध सबैलाई विशेष आह्वान गरे। ‘स्थानीय तहमा भौतिक निर्माण एवं पूर्वाधार निर्माण गर्दा प्रकृतिको संरक्षण गरी वातावरण जोगाउने कार्यलाई विशेष महत्व दिनुपर्छ,’राष्ट्रपति भण्डारीले भने, ‘हरियाली प्रवद्र्धन गर्ने, पानीका मूल बचाउने जैविक विविधताको रक्षा गर्ने गरेमा मात्र यस सुन्दर धर्तीलाई भावी पुस्ताका लागि सुरक्षित बनाउन सक्दछौं।’

ऐतिहासिक सम्पदाको संरक्षण र संवर्द्धनका लागि नमोबुद्ध नगरपालिकाले देखाएको अग्रसरताको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले भूकम्पले भत्काएका सम्पदाहरु अझ बलियो र स्थायीरुपमा पुननिर्माण हुँदा ऐतिहासिक धरोहरको संरक्षण गर्ने राष्ट्रिय आत्मविश्वास पनि अझै बलियो भएको बताइन्। स्थानीय तहमा जनताद्धारा छानिएका जनप्रतिनिधिबाट विकासका काम सञ्चालन भई जनताका दैनिक आवश्यकताको प्रत्यक्ष सम्बोधन हुनु नै लोकतन्त्रलाई संस्थागत गर्ने सबैभन्दा ठूलो माध्यम भएको भण्डारीको भनाई छ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टी.पी. शर्मा तिमल्सिनाले प्राचीन कालिका मन्दिर पुननिर्माणका लागि सहयोग गर्ने पुरातत्व विभागसहित सबैमा धन्यवाद व्यक्त गर्दै ऐतिहासिक धरोहरको संरक्षण र संवर्द्धनको कार्यमा हौसला बढाउन उपस्थित भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारीप्रति आभार प्रकट गरे। कृषि व्यापार र पर्यटन हाम्रो सशक्त अभियान मूल नारासहित अघि बढिरहेको नमोबुद्ध नगरपालिकाले यस क्षेत्रका धार्मिक एवं सांस्कृतिक महत्वको क्षेत्रको संरक्षण र संवर्द्धनमा विशेष जोड दिँदै आएको बताउँदै तिमल्सिनाले नगरपालिकाले कानपुर क्षेत्रको रक्तकाली मन्दिरसहित नगरभित्रका प्राचीन मठमन्दिरको पुननिर्माण गरिसकेको तथा नमोबुद्ध गुम्बा क्षेत्रको पुननिर्माण र संरक्षणमा नगरपालिका निरन्तर लागिरहेको बताए।

राष्ट्रपति भण्डारीले पुननिर्मित कालिका मन्दिरको समुद्घाटनसँगै पूजाअर्चनासमेत गरेका छन्। विक्रम संवत १८३८ मा निर्माण भएको उक्त मन्दिर २०७२ सालको भुकम्पका कारण क्षतिग्रस्त भएको थियो। मन्दिर पुननिर्माण पुरातत्व विभाग, राष्ट्रिय पुननिर्माण प्राधिकरण, शहरी विकास तथा भवन निर्माण विभाग र नमोबुद्ध नगरपालिकाको सहकार्यमा सम्पन्न गरिएको हो।

पुननिर्माणका लागि पुरातत्व विभागबाट १ करोड ४० लाख, पुननिर्माण प्राधिकरण र शहरी विकास तथा भवन निर्माण विभागबाट संयुक्तरुपमा ६० लाख र नमोबुद्ध नगरपालिकाबाट ४ लाख रुपैयाँ खर्च भएको छ। 

नमोबुद्ध नगरपालिका वडा नं ५ मा रहेको कालिदेवि मन्दिर को राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गर्नुभएको हो।

  • न्युज काभ्रे संवाददाता

थप