Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

जनशक्ति प्राविका विद्यार्थीलाई पोशाक, झोला, स्टेसनरी देखि सरसफाइका सामान

  २ वर्ष अघि | १९ पुस २०८१, शुक्रबार
न्युज काभ्रे

कानपुर / विभिन्न सहयोगी संस्था र दाताको सहयोगमा नमोबुद्ध नगरपालिका वडा नं ५, कानपुर पात्लास्थित जनशक्ति प्राथमिक विद्यालयका बालबालिकालाई पोशाक, स्टेसनरी देखि सरसफाइका सामान वितरण गरिएको छ ।

विहिबार विद्यालय पुगेर ती संस्थाका प्रतिनिधीहरुले विद्यालय पोशाक, झोला, स्टेसनरी, जुत्ता, मोजा, टोपी, मञ्जन, ब्रससहितका सामाग्री वितरण गरेका हुन् ।

रोटरी क्लव अफ काभ्रे बनेपाले सम्पूर्ण विद्यार्थीलाई  विद्यालय पोशाक (ट्रयाक सुट) का साथै मञ्जन, बस्र जस्ता सरसफाईका सामाग्री, लायन्स क्लव अफ भक्तपुर स्टार फेमेली र लायन्स क्लव अफ काभ्रे शंखुले विद्यालय झोला, सबल स्टेसनरी बनेपाले स्टेसनरी सामान, एनआइइसी बनेपाले जुत्ता, मोजा र सम्पूर्ण ड्रेस हाउस बनेपाले टोपी सहयोग गरेको थियो ।  

लायन क्लव इन्टरनेशनल, डिष्ट्रिक ३२५ जीका चिफ डिष्ट्रिक एड्मिनिष्ट्रेटर लायन इन्द्रकुमार श्रेष्ठ एमजेएफ र डिष्ट्रिक हेल्थ चेयर पर्सन माधव थापा, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारी, समाजसेवी अनुप लामिछाने लगायतले ती सामाग्री विद्यार्थीलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा लायन इन्द्रकुमार श्रेष्ठले ग्रामिण भेगको विद्यालयमा सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगामी दिनमा सहयोग निरन्तर गर्ने बताए ।
 
लायन माधव थापाले विद्यालयको भौतिक पूर्वाधार सुधार लगायतका काममा सहयोग गर्ने बताए ।

नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सचिव नगेन्द्र अधिकारीले विद्यालयको दुरावस्था र आवस्यकताका कारण दातासंग सहयोगको लागि पहल गरेको बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आइत सिं तामाङ, प्रधानाध्यापक प्रभा आचार्य, शिक्षक दिनेशप्रसाद अधिकारी लगायतले विद्यालय र विद्यार्थीलाई सहयोग गर्ने सबै संघसंस्थालाई आभार प्रकट गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।

  • न्युज काभ्रे

थप