Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

बँदेल र वाँदरबाट पीडित काभ्रेली किसानको पक्षमा संसदमा गोकुल बास्कोटा :उठ्यो आवाज

  ४ वर्ष अघि | २२ साउन २०७९, आइतवार
न्युज काभ्रे संवाददाता

काठमाडौं–बँदेल र बाँदरका कारण पीडामा परेका काभ्रेली किसानको पक्षमा संसदमा आवाज उठेको छ । पूर्वमन्त्रीसमेत रहेका काभ्रे प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद गोकुलप्रसाद बास्कोटाले आज प्रतिनिधिसभाको बैठकमा सरकारले किसानको पक्षमा केही गर्न नसकेको भन्दै किसानलाई क्षतिपूर्ति दिन माग गरे । 

बँदेल र बाँदरका कारण किसानका बालीनाली नष्ट भएको भन्दै बास्कोटाले राज्यको कुनै पनि निकायबाट किसानले क्षतिपूर्ति पाउन नसकेको बताए । ‘सिंगो काभ्रे जिल्ला अहिले वाँदर र बँदेलले हैरान बनाएको छ, दशौं हजार रोपनीमा किसानले लगाएको अन्नबाली ध्वस्त बनाएको छ’ बाँस्कोटाले भने, ‘स्थानीय तहमा भन्यो माथिबाट बजेट आउँदैन, प्रदेशमा कुरा गर्दा संघीय सरकारबाट बजेट पाइएन भन्छन्, संघीय सरकारले विभिन्न सन्धी सम्झौताका कारण त्यसलाई नियन्त्रण गर्न सकिएन भन्ने कुरा आउँछ ।’ 

किसानलाई पेन्सन दिन्छु भनेर घोषणा गरेको सरकारले डेढ महिना वितिसक्दा पेन्सन त परै जाओस् पीडित किसानलाई क्षतिपूर्तिका लागि पहलसमेत नगरेको बाँस्कोटाले बताए । बँदेल र वाँदरको आतंक फैलिएको ठाउँमा बैकल्पिक खेतीको रुपमा फलफूल या अन्य अन्नबालीको खेती के गर्न सकिन्छ भन्नेतर्फ ध्यान जानुपर्ने बताउँदै बास्कोटाले काभ्रेली जनता पनि असुरक्षित भइसकेको बताए । 

सांसद बाँस्कोटाले कोटेश्वरपूर्व जाने लामो दुरीको सवारीसानका लागि काउन्टर र बसस्टपको व्यवस्थापन गर्न पनि माग गरे । दशैं आउँदै गरेको र अब काठमाडौंपूर्व अरनिको र विपी राजमार्ग हुँदै घर फर्कने जनतालाई गाडी चढ्न निकै समस्या बेहोर्नुपर्ने बताउँदै बाँस्कोटाले जडिबुटीमा रहेको सन्चो कम्पनीको जग्गा, सडक विभागको जग्गामा कम्तीमा १२ घण्टाका लागि गाडीहरुको पार्किङ र काउन्टरको व्यवस्थापन गर्न माग गरे । यात्रुहरुलाई सुरक्षितरुपमा चढ्ने र ओराल्ने ठाउँको तत्काल व्यवस्थापन गर्न सम्वन्धीत मन्त्रालयको ध्यानाकर्षण बाँस्कोटाले गराएका छन् । 

  • न्युज काभ्रे संवाददाता

थप