Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले यहि जेठ २८ गते दोस्रो रोडरेस कार्यक्रम आयोजना गर्ने

  ४ वर्ष अघि | १८ जेष्ठ २०७९, बुधबार
न्युज काभ्रे संवाददाता

काभ्रे ।ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले यहि जेठ २८ गते दोस्रो रोडरेस कार्यक्रम हुने। नैतिक , व्यावहारिक तथा व्यवसायिक शिक्षाको लागि ज्ञानका भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै विगत २० वर्षदेखि काभ्रेको व्यापारिक तथा सांस्कृतिक नगरी बनेपामा शैक्षिक प्रतिष्ठानले शिक्षाको क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।


शिक्षा विद्यार्थीको लागि विद्यार्थी राष्ट्रको लागि भन्ने अभिप्रायवाट किन्डरगार्टनदेखि स्नातकोत्तर तहसम्म उत् शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । हाम्रा उत्पादनहरुले उद्योगी व्यवसायका साथसाथै सामाजिक सेवामा निरन्तर आफूलाई उभ्याएका छन् । हाम्रा उत्पादनहरु डाक्टर, इन्जिनियर, बैंकर व्यापारी, नेपाली सेना, नेपाल प्रहरी, निजामती तथा प्रशासन तथा सेवा, शिक्षक, खेलाडीसँगै अन्य क्षेत्रमा असल नागरिक पनेर राष्ट्र निर्माणमा योगदान पुयाउँदै आएका छन् ।


हामीले विगतदेखि नै शैक्षिक गतिविधिसंगै सामाजिक उत्तरदायित्व अन्तर्गत विविध सांस्कृतिक, धार्मिक, साहित्य खेलकुद तथा समाजलाई प्रत्यक्ष सरोकार राख्ने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं ।


खेलकुद समग्र विकासको अभिन्न पाटो हो । हामीले नेपालमै पहिलो पटक एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुबिच स्वस्थ्य प्रतिस्पर्धा गराउने उद्देश्यले दोस्रो ज्ञानकुन्ज रोडरेस-२०७९ आयोजना गर्न लागेका छौँ यसको खास दुई वटा उद्देश्य छन् । पहिलो उद्देश्य विद्यार्थीहरुविच प्रतिस्पर्धा गराई भोलिको दिनमा जुनसुकै क्षेत्रमा पनि कुशल नेतृत्व स्थापित गर्न सक्नु रहेको छ । त्यस्तै, एस.इ.इ.को तयारीको लागि कडा अनुशासन भित्र पठनपाठन गरि एस.इ.इ. लगत्तै फ्रि समयमा अनावश्यक कुलतमा तथा गलत बाटोमा हिड्न सक्ने भएकाले उनीहरुलाई खेलकुद मार्फत सही बाटो र अनुशासनमा राख्नको लागि दोस्रो ज्ञानकुञ्ज रोडरेसको आयोजना गर्न लागेको हौं । हामीलाई विश्वास छ, खेलकुदले अनुशासन सिकाउँछ, अनुशाासनले जीवन जिउने कला सिकाउँछ ।


यही जेठ २८ गते शनिवार विहान ६.३० बजेदेखि रोडरेस सुरु हुनेछ । रोडरेसमा छात्रा/छात्र दुवै विधा समावेश गरिएको छ । छात्राहरुको रोडरेस ३ किलोमिटरको रहने छ भने छात्रको ६.५ किलोमिटरको हुने छ । प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् । प्रतियोगितामा सहभागी हुन २०७८ को एस.इ.इ. परीक्षा दिएको प्रवेशपत्रको प्रमाणित प्रतिलिपि र हालसालै खिचेको फोटो आवश्यक पर्दछ । नाम दर्ताको अन्तिम मिति २०७९ जेठ २५ गतेभित्र दर्ता गरिसक्नु पर्नेछ ।


सफल जीवनको लागि स्वास्थ्य, स्वास्थ्यको लागि खेलकुद भन्ने जानकारी गराउदै उक्त रोडरेस कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न गराउन सञ्चारकर्मी मित्रहरुले विगतमा जस्तै यस वर्ष पनि सहयोग निरन्तर रुपमा गर्नु हुनेछ भन्ने आशा रहेको छ ।

  • न्युज काभ्रे संवाददाता

थप