Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

धुलिखेलमा जनप्रतिनिधिका पाँच वर्षे सफल कार्यकाल

  ४ वर्ष अघि | २३ बैशाख २०७९, शुक्रबार
न्युज काभ्रे संवाददाता

काभ्रे ।दिगो विकासका लक्ष्य अन्र्तगत धुलिखेलले चारवटा लक्ष्य शिक्षा, स्वास्थ्य, गरिवी निवारण र सुरक्षित खानेपानी सम्वन्धी स्वेच्छिक स्थानीय समिक्षा गरेको छ । स्वेच्छिक स्थानीय समिक्षाको प्रतिवेदन सार्वजनिक भए सँगै धुलिखेललाई दक्षिण एसियामा पहिलो नगरपालिका घोषणा गरिएको छ । 

उक्त घोषणसँगै धुलिखेल नगरपालिकाका निवर्तमान प्रमुख एवं आसन्न स्थानीय तह निर्वाचनमा पुनः प्रमुख पदका उम्मेदवार, नेपाल नगरपालिका संघका अध्यक्ष र अन्र्तराष्ट्रिय फोरमका अध्यक्ष समेत रहनु भएका अशोक ब्याञ्जुलाई नेपालको प्रतिनिधित्व गर्दै युनाईटेड नेशन हेडक्वाटर न्युओर्कमा प्रस्तुतीकरणका लागि निम्ता दिईएको छ । आगामी जुलाई ६ अथार्त असार २२ गते बुधबारका दिन प्रमुख ब्याञ्जु न्यूओर्क जाने कार्यक्रम तय भएको छ । ‘यो नेपाल र नेपालीका साथै धुलिखेलबासीहरुका लागि गर्वको विषय हो’–निवर्तमान प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘हामी सधै धुलिखेलबासीको हितका लागि काम गर्छाै । धुलिखेलका लागि गरिएको कामले नेपालकै शिर उचो हुने गरेको छ ।’ यस अघि धुलिखेल कार्वन उत्सर्जनमा दक्षिण एशियाका १५ शहरमा पर्न सफल भएको थियो । दिगो विकासका लक्ष्यहरु मध्ये चारवटा लक्ष्य पुरा गर्ने धुलिखेल पहिलो भएको छ । पाँच वर्ष धुलिखेलले गरेको महत्वपूर्ण विकासका सूचकहरुका कारण यो लक्ष्य पुरा भएको हो । 

नगरपालिकाले युनिसेफको सहयोगमा गरिवी निवारण, स्वस्थ शहर, गुणस्तरीय शिक्षा र गुणस्तरीय खानेपानीका लागि भएका प्रयासको स्वेच्छिक स्थानीय समिक्षा गरेको हो । धुलिखेलमा पाँच वर्ष अघि जनप्रतिनिधि निर्वाचित हुँदा १४ प्रतिशत गरिवीको प्रतिशत थियो । अहिले गरिवी चार प्रतिशतमा झरेको छ । केहि वर्ष भित्र औसत गरिवीको संख्या शुन्य पु¥याउने लक्ष्य नगरपालिकाले लिएको छ । नगर प्रमुख अशोक ब्याञ्जुले धुलिखेललाई हरेक क्षेत्रबाट सम्पन्न बनाउने गरी दिगो विकास लक्ष्यका मापदण्डहरु पुरा गर्दै गएको बताउनु भयो । नेपालकै पहिलो धुलिखेल ११ पातलेखेतको धिताल टोल र वडा नम्वर १ को देविटार स्थित छाँगेमा शुद्ध खानेपानी उपलब्ध गराएको थियो । नगरपालिकाले ८४ प्रतिशत घरमा एक घर एक धारा खानेपानी उपलब्ध गराईसकेको छ । केहि महिनामा ९९ प्रतिशत घरमा खानेपानी पुग्ने नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो । 

गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले स्नातक तहसम्म अध्ययन गर्ने नगरबासिहरुका लागि निशुल्क शिक्षाको ब्यवस्था गरेको छ । अन्य पालिका तथा जिल्लाबाट आउने विद्यार्थीहरुका लागि ५० प्रतिशत निशुल्क गरेको छ । शिक्षामा गुणस्तरीयता कायम गर्न सामुदायिक विद्यालयहरुमा एमजीएमल विधी, अंग्रेजी माध्यम तथा शिक्षकहरुलाई तालिम, भौतिक पूर्वाधारहरुको निर्माण लगायतका कार्य गरेको छ । नेपालमै पहिलो पटक धुलिखेलले स्वस्थ शहर कार्यक्रम शुरु गरेको छ । स्वेच्छिक स्थानीय समिक्षाको प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, उपप्रमुख विमला शर्मा, प्रमुख प्रशासयिक अधिकृत तारानाथ शर्मा वडा अध्यक्षहरु, विभिन्न शाखाका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

के के ग¥यो नगरपालिकाले ? 

धुलिखेल नगरपालिकाले हेल्दी सिटी अबधारणमा रहेर नगरको स्वास्थ्य प्रोफाइल तयार गरेको छ । गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवालाई जनताको पहुँचमा लैजान नगरपालिकाले नीति तथा कार्यक्रममा स्वास्थ्य चौकीहरूमा स्तरोन्नति गर्ने, आधुनिक औजारउपकरण उपलब्ध गराउने कार्य मार्फत सेवा अभिवृदि गर्ने तथा गुणस्तर बढाउने कार्य गरेको छ । नगरपालिकाको केन्द्रबाट टाढा रहेका वडा नं १ देवीटार स्वास्थ्य चौकी र वडानं १२ शंखु पाटीचौर स्वास्थ्य चौकीमा २४ सै सेवा प्रदान गरिने गरी सुरक्षित मातृत्व सेवा प्रदान गर्न बर्थिङ सेन्टरका रूपमा सेवा उपलब्ध गराइएको छ । वडा नं १० मा जेष्ठ नागरिकहरुका लागि मासिक क्लिनिक सेवा सुचारु गरिनुका साथै सुत्केरी पोषण कार्यक्रम सञ्चालनमा रहेको छ भने स्वास्थ्यका आर्पुती तथा भण्डरण सम्बन्धी लजेस्टिक म्यानेजमेन्ट इलेक्ट्रोनिक माध्यममा ब्यबस्थापन छ ।  नगर पालिकाले महिला स्वास्थ्य स्वयं सेविकाको छुुट्टै ब्यक्तीगत खाता सञ्चालन गर्न लगाई मासिक रुपमा रु १००० भत्ता दिने गरेको  छ । आयुर्बेदका सेवालाई वडा नं २ र ११ मा समेत बिस्तार गरिएकोे छ । नगर स्वास्थ्य केन्द्र लगायत सम्पुर्ण स्वास्थ्य संस्थाहरुबाट ब्लड सुगर तथा गर्भ परिक्षण लगायतका प्रयोगशालाका आधारभुत सेवाहरु बिस्तार गरिएका छन । धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्रमा नगर भरिका स्वास्थ्य सुचनाहरुका उपलब्ध हुनेगरी  हेल्थ लर्निङ सेन्टरको रुपमा बिकसित गर्न स्वास्थ्य सुचना केन्द्र स्थापना गरिएको  छ । नगरबासीलाई निशुल्क एम्वुलेन्स सेवा तथा प्रदान गरिएको छ भने काभ्रे स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा विस्तार गरिएको छ । वडा नम्वर ं१ र २मा स्वास्थ्य चौकी भवन निर्माण सुरु भैसकेको छ । त्यसैगरी वडा नम्वर ९ काभ्रे भञ्ज्यागमा १८ करोडको लागतमा १५ शैयाको अस्पताल निर्माण शुरु गरेको छ ।

  • न्युज काभ्रे संवाददाता

थप