Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

युएम चौतारा शाखाको ११औं साधारणसभा सम्पन्न

  ४ वर्ष अघि | २८ भदौ २०७९, मङ्लबार
न्युज काभ्रे संवाददाता

चौतारा । युएम बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा शाखाले आफ्नो ११औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा रहेको सो सहकारीको मूख्य कार्यालय काभ्रेको बनेपामा रहेको छ । ८ वटा शाखा रहेको सहकारी मध्ये चौतारा शाखा उत्कृष्ट भई सम्मानित समेत भएको छ । शाखा प्रमुख रामकृष्ण कार्कीलाई सहकारीको अध्यक्ष रामशरण श्रेष्ठले सम्मान गरेका हुन् । साधारणसभामा सहकारीले उत्कृष्ट बाल बचतकर्तामा अरुण श्रेष्ठ, उत्कृष्ट ऋणीमा राकेश श्रेष्ठ, नियमित बचतकर्तामा जनक श्रेष्ठ, उत्कृष्ट शेयर खरिदकर्तामा गम्भीर राना, जेष्ठ सदस्यमा नारायणबहादुर श्रेष्ठ, उत्कृष्ट कर्मचारीमा मुना तामाङलाई छनौट गरी सम्मान गरेको छ ।

कुल पुँजी ९२ करोड भन्दा बढी रहेको सहकारीको १७ हजार बढी शेयर सदस्य मध्ये चौतारा शाखामा २६ सय माथि शेयर सदस्य रहेको शाखा प्रमुख रामकृष्ण कार्कीले जानकारी दिए । सहकारीले विभिन्न सामाजिक काम समेत गरिरहेको कार्कीले बताए । चौतारा बजारको पार्किङलाई व्यवस्थित बनाउन ५० हजार बराबरको ३० वटा नो पार्किङ बोर्ड चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ सँग समन्वय गरी राखिएको थियो । कार्यक्रममा प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष शिव श्रेष्ठले सहकारीले पार्किङलाई व्यवस्थित गर्नेजस्ता सामाजिक कार्यमा समेत अग्रसर रहेको भन्दै विशेष धन्यवाद व्यक्त गरे ।

साधारणसभामा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ को पूर्व अध्यक्ष नरमान श्रेष्ठ, सहकारीको प्रमुख कार्यकारी अधिकृत रोशन श्रेष्ठलगायत बैंक तथा इन्स्योरेन्स कम्पनी र सहकारीका प्रमुख, प्रतिनिधिहरुले साधारणसभाको शुभकामना दिएका थिए । साधारणसभा सहकारीका अध्यक्ष रामशरण श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा सहकारीका सबै शाखाका कर्मचारीहरु र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

  • न्युज काभ्रे संवाददाता

थप