काभ्रे । जिल्ला काभ्रे बेथानचोक गाउँपालिका वडा नं ४ चलाल गणेशस्थामा रहेको ढुङ्गाखानि बाट राती १ बजे तिर पहिरो आई एउटा घरमा क्षति पुगेको र एक जनाको घटनास्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ।
निर बहादुर तामाङको ढुङ्गा माटोले बनेको तिन तले कच्ची घर पुर्णरुपमा क्षती भएको खबर प्राप्त भएको ।
उक्त घरमा बस्ने लादुलुङ तामाङ(ठुलिमाया) घाईते भई उपचारलाई शिर मेमोरियल अस्पताल बनेपा पठाईएको टाउकोमा चोट अवस्था गम्भिर रहेको बताइएको छ।
लादुलुङ तामाङ को छोरा बर्ष ४४ को निर बहादुर तामाङ घटनास्थलमा मृत अवस्था रहेको पनि प्रहरीले जनाएको छ।
४० बर्षकी छोरी साबित्री तामाङ पहिरो ले पुरिएको अबस्थामा फेला नपरेको।
- न्युज काभ्रे संवाददाता