Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

काभ्रेमा आज लडेर दुइजनाको ज्यान गयो

  १ वर्ष अघि | १४ साउन २०८२, मङ्लबार
न्युज काभ्रे

बेथानचोक÷बेथानचोक गाउँपालिकामा एकजनाको भीरवाट लडेर मृत्यु भएको छ । बेथानचोक ५ बस्ने ६० बर्षिया सेतेमान भोलनको डेरीमा दूध लैजाने क्रममा लडेर मृत्यु भएको हो । बेथानचोक ३ गोर्खाली टोल स्थित डेरीमा दुध लिएर जाने क्रममा बाटोमा लडी टाउकोमा गम्भिर चोट लागेर घाईते उनको उपचारको क्रममा मृत्यु भएको हो । ट्रमा सेन्टर अस्पताल काठमाण्डौमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै नमोबुद्ध नगरपालिकाकी कुमारी राउतको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । ५० वर्षिय राउत बारीबाट घाँस बोकेर घर आउदै गर्दा घर नजिकै बाटोमा अचानक चिप्लिएर लडि घाईते भई उपचारको लागि धुलिखेल अस्पतालमा उपचारको क्रममा  मृत घोषणा गरेको जिल्ला प्रहरी काभ्रेका सूचना अधिकारी मिन घलेले जानकारी दिनुभयो ।

  • न्युज काभ्रे

थप