Breaking News
काभ्रेको बनेपा-३ स्थित बासुकी स्थानमा निर्मित शिव मूर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।    ||     अमित लामाको चुनावी एजेन्डा :पाँच वर्षमा जनहितका कानुन निर्माणदेखि युवाको मुद्दाको उठानसम्म    ||     फागुन २१ मा हुने निर्वाचनका लागि काभ्रे क्षेत्र नं २ बाट गोकुल बास्कोटाको एकल नाम सिफारिस    ||     पत्रकार महासंघ काभ्रेपलान्चोकले आफ्नो ३३औं स्थापना दिवस मनाइयो    ||     चाइनिजहरुले निर्माण गरेको हिमालयन रिम फिल्म काठमाडौं विश्वविद्यालयमा प्रदर्शनी    ||     अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई बनाउने सहमति    ||     प्रेस चौतारी काभ्रेको अक्षयकोषमा एमाले केन्द्रिय सदस्य रेशम लामाले गरे रु.एक लाख एक हजार आर्थिक सहयोग    ||     स्वास्थ्य सेवामा सहुलियतका लागि पत्रकार महासंघ काभ्रे र CWC बनेपाबीच समझदारी    ||     आज खिर खाएर साउन १५ मनाइँदै    ||     नक्कली सरकारी कागजात र छाप बनाउने गिरोह धुलिखेलबाट पक्राउ    ||    

प्रभात बचत तथा ऋण सहकारी संस्थाले भुग्देउका विद्यार्थीलाई दियो तेक्वान्दो पोशाक

  ५ वर्ष अघि | २६ चैत्र २०७८, शनिबार
न्युज काभ्रे संवाददाता

काभ्रेपलान्चोक  – आजको बचत भोलिको उज्वल भविष्य भन्ने मुल नाराको साथ प्रभात बचत तथा ऋण सहकारी संस्थाले बेथानचोक गाउँपालिका वडा नं. ६ भुग्देउको श्री सरस्वती माध्यमिक विद्यालयको विद्यार्थीहरु लाई तेक्वान्दो पोशाक वितरण गरेको छ । आज संस्थाका अध्यक्ष सागर नाथ कपालिले विद्यार्थी लाई तेक्वान्दो पोशाक हस्तान्तरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रभात बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर नाथ कपालिले सरस्वती माध्यमिक विद्यालयमा प्रभात बचत खेलको माध्यम बाट जोडिएको बताउदै राजधानीबाट नजिक भएर पनि बिकासमा पछाडि परेको भुग्देउ ६ मा रहेका खेलाडीहरु लाई प्रोत्साहन स्वरुप पोशाक वितरण गरेको बताउनु भयो । कोभिडको कारणले खेलाडीहरु लाई समयमा नै पोशाक वितरण गर्न नसकेको बताउदै अब स्थानीय चुनाव पछि फेरि प्रभात बचतले सकेको सहयोग गर्ने बताउनु भयो । उहाँले काभ्रेको धेरै विद्यालयमा प्रभात बचतले पारिवारिक आय स्तर कम भएको बिद्यार्थीहरु लाई स्टेसनरी, स्कुल ड्रेस, खेलकुदको सामाग्री सहयोग गर्दै आएको जानकारी दिनु भयो । सहकारी संस्था कमाउने थलो मात्रै नभएको उल्लेख गर्दै समाज परिवर्तनको एक स्वरुप रहेको बताउनु भयो । 

  • न्युज काभ्रे संवाददाता

थप